18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिवराज योगी ‘आँशु’ September 16, 2012, 3:05 pm

जिन्दगीको सौदावाजी, गर्दैछु किन म

एकवार जीउन दशौं वार खै,मर्दैछु किन म

बशन्त नै आयो भन्छ, कोयलीले कुर्लिएर

मन्को आँधीबेहरीमा, झर्दैछु किन म

थाहा छ की यो प्यालाले,पीडा पखालिन्न भन्ने

फेरी प्याला माथि प्याला,भर्दैछु किन म

बारबार मरी जीउनु भन्दा,मरी जानु जाती भन्छन्

फेरी पनि यो मैदानमा, लड्दैछु किन म

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।