18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशिष सुबेदी September 8, 2012, 4:52 pm

डुबे डुब्ला सँगै नाउँ, तरौँ अब बैशाखमा

पार लाए लाउँछ जिन्दगी, झरौँ अब बैशाखमा ।

पालुवा फेर्छ जिन्दगीले, चैत काटेसी सुरु हुँदा

एक–अर्काको लागी दुवै, मरौँ अब बैशाखमा ।

पोरको पुषले कठाङ्ग्रीयौ, अहिले झनै गाह्रो भयो

जे होस् सँगै हुने सुरसार, गरौँ अब बैशाखमा ।

थाम्नु धर्ती आकाशसिँगै, आभास होला रँगिन बन्ने

खर हो भन्दै पालिनराख, चरौँ अब बैशाखमा ।

श्यामश्वयेत भाछ एक्लै, सकिँदैन पर्खिन झन

सिँगार्नलाई एकछेउबाट रङ, भरौँ अब बैशाखमा ।

नारायणस्थान ७ बलेवा बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।