18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर."आभास" August 31, 2012, 3:52 pm

सहनुको नि सिमा हुन्छ कति सहें जिन्दगीमा,

कैसैको लागि रातदिन कति रोएँ जिन्दगीमा,

छैन कुनै यस्तो कुरा तिम्रो सामु लुकाएको,

तर पनि धोकेबाजको संज्ञा पाएँ जिन्दगीमा,

तिमीले बुझ्छौ कसरी तिम्रो सामु म त छैन,

नभएको झुट्टा आरोप पनि खाएँ जिन्दगीमा,

माया केवल दुई मुटुको बिश्वाशमा अडेको छ,

विश्वास गर्न सकेनौ, माया गुमाएँ जिन्दगीमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।