18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशिष दुलाल August 17, 2012, 4:10 pm

शराबी त्यो छाङ्गो नजरले खसायो ।

जवानीको मुल्य बजारले खसायो ।

प्रतिक्षा सुहागको रात अनेकौं ।

म त नाईं भन्थें हजारले खसायो ।

कयौ खोला झाडि होटलमा चढें म ।

ओराले लछार पछारले खसायो ।

पग्लियो हिमाल खुम्चिदै चमडी ।

दमडी नझर्दा दिग्दारले खसायो ।

पानी बेची रानी आकासे महलमा ।

प्यासीको त्यो जुठो अधरले खसायो ।

रेडियो मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।