भर्दैछन् है आफ्नै झोला सचेत हौँ यही बेला
फेरि बग्ला रातै खोला सचेत हौँ यही बेला
स्वार्थ लोभ अहमले भाइचारा टुट्दै जान्छ
फुट्छ अनि बम गोला सचेत हौँ यही बेला
भोको पेट कोही नहौं मान्छे बिच भेद छोडौं
मान्छे कै हो सबको चोला सचेत हौँ यही बेला
जाति भाषा धर्म भन्दै अफ्रिकामा के के भयो
भोलि यहाँ त्यस्तै होला सचेत हौँ यही बेला
सुबास त आफ्नै हुन्छ फुलौं एकै ठाउँ हामी
सहुँ बरु मासा तोला सचेत हौँ यही बेला
गुप्तेश्वर-३,रामेछाप, हाल: अबुधाबी, युएई