18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत पूर्ण मुनंकर्मी July 29, 2012, 4:30 pm

उडेर जति नै गए पनि आकाश त तिम्रै नै हो

भागेर कहाँ जान सक्छु र म धर्ति त तिम्रै नै हो

रिसाएर कति बस्न सक्छु र म स्वास त तिम्रै नै हो ।

नरिसाउ प्रिय तिमि त्यो चन्द्र मुहार त मेरै हो

खुसि हुंदा झल्केको आभा उज्यालो कान्ति त मेरै हो

हर्ष बाडौं आउ प्रियसी न्यानो अंगालो त मेरै हो ।

आउ प्रिय रोपण गरौं सुन्दर भविष्य हाम्रै हो

सयौं थरीका फूलका वारी सुवासना हाम्रै हो

निर्मल आकाश विचरण गर्ने स्वच्छ सपना हाम्रै हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।