18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अर्जुन दाहाल “अपवाद” July 26, 2012, 8:47 pm

तिम्रा मिठा कुरा सुनी, उसलाई छोडी आएँ

विचार यता असल लाग्यो नाता तोडी आँए

उ मलाई नजाउ भनि हात जोड्दै थियो

पुग्ने ठाँउ फरक प¥यो, लक्ष्य मोडी आएँ ।

अप्ठ्यारो पो हुने रैछ, एक्लो जीवन ज्युन

नयाँ यात्रा सुरु गर्न साइनो जोडी आएँ ।

सारा इच्छाहरु यहाँ, दवाएरै बाच्नुपर्ने

जान्दाजान्दै विषवृक्ष, मैले गोडी आएँ ।

आँखाबाट झरी पर्दा मनभित्र पैरो गाथ्यो

कति पाप लाग्छ होला ? दील फोडी आएँ ।

मिर्गे–५, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।