18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नारी लेखनका चार उपन्यासको नारीवादी परिप्रेक्ष्य

कृति/समीक्षा प्रा. डा. विष्णुप्रसाद पौडेल July 17, 2012, 3:01 am
प्रा. डा. विष्णुप्रसाद पौडेल
प्रा. डा. विष्णुप्रसाद पौडेल

सारः प्रस्तुत लेखमा चार नारी उपन्यासकार (सीता पाण्डे, शोभा भट्टराई, गीता केशरी र भाषा भण्डारी) का एक एक वटा नारीवादी उपन्यास (क्रमशः अन्तद्र्वन्द्व, अन्त्यहीन अन्त्य, निष्कर्ष र सम्झौता) को मुख्य परिप्रेक्ष्यलाई सङ्क्षेपमा अध्ययन विश्लेषण गरिएको छ । लघु तथा मध्यम आकारका उक्त उपन्यासहरूले समकालीन समय (२०५६–२०६०) का नारी अनुभूति, आकाङ्क्षा र खास समस्याहरूको बोध गराउने आआफ्नै किसिमका प्रयत्न गरेका छन् । तिनमा समकालीन नेपाली समाजका अन्य कतिपय परिप्रेक्ष्य समेत देखिए पनि नारीवादी कोण नै बढी प्रखर बनेको छ । नारीहरूकै लेखनले त्यसलाई अझ बढी प्रमाणित पनि गरेको छ । यिनमा मुख्यतः विधवा, लोग्नेद्वारा परित्यक्त, तेस्रो लिङ्गीस“ग जबर्जस्ती विवाह गराइएकी, नेताका गुन्डा सन्तानद्वारा अपहरण र बलात्कारमा परेकी र अभिभावकको करबलमा परेर पुंसत्वहीन पुरुषकी श्रीमती बनेकी नारीहरूको व्यथालाई प्रस्तुत गर्दै उनीहरूको स्वत्वबोध सहितको जीवन सङ्घर्ष देखाइएको छ ।

१.१ अन्तर्द्वन्द्व

सीता पाण्डेको २०५६ साल माघमा प्रकाशित ‘अन्तद्र्वन्द्व’ उपन्यास जम्मा ६२ पृष्ठमा (भूमिका बाहेक) फैलिएको छ । यसलाई चिन्हद्वारा २० विश्राम वा परिच्छेदमा विभाजित गरिएको छ । उपन्यास प्रथम पुरुष शैली (म÷अनिता) का माध्यमबाट प्रकट गरिएको छ । उपन्यासले मूलतः अनिता र उसकी दिदी सुरीताको जीवन सन्दर्भलाई विषयबद्ध गरेको छ । उपन्यास अन्त्यको घटनाको प्रभावस“गै थालनी भएको छ । आफ्नो पति सडक दुर्घटनामा परेर अस्पतालमा सिकिस्त रहेको छ भन्ने खबर पाई सन्त्रस्त बनेकी अनिताको मनोदशा अत्यन्त तनावपूर्ण बनेको छ । त्यस्ती अवस्थाकी अनिताकै कथनबाट उपन्यासको विषय वस्तु खुल्दै गएको छ । अघिल्ला केही ठाउ“मा अवचेतन प्रवाहको विशृङ्खलता पनि भेटिन्छ । अनिताका आत्मालापमा नारीका विधवा जीवनका पीडा, हिन्दू धर्मका नारी पीडक आर्दश र तीप्रतिको अनास्था वा अस्पष्ट विद्रोह चेत पनि उपन्यासको पहिलो परिच्छेदमै सङ्केतित छन् । त्यसपछि झिनो सङ्गति सूत्रस“ग उपन्यास अगाडि बढेको छ । अनिताको लोग्ने मरेको लगभग पुष्टि हुन्छ । उसले आफ्नो जीवनको दुर्नियति सकार्छे । सोही क्रममा आफ्नी दिदीको पनि विडम्बनापूर्ण जीवन सन्दर्भ सम्झन थालेकी छ । सुरीताको जीवन सन्दर्भलाई लिएर उपन्यास धेरै नै तन्केको छ । दिदीको जीवन सन्दर्भ बयान गर्दा अनिता पहिलाभन्दा सहज मनस्थितिमा आउन थालेकी छ ।

अनिताका नजरमा उसकी दिदी सुरीता परिवारभरिकै सबैभन्दा राम्री, दैनिक योगाभ्यास गर्ने, अन्य मध्यम वर्गीय गृहिणी झैं शृङ्गारमा खासै रुचि नराख्ने रूपवती भए पनि ‘सिम्पल’ बनेर रहने, नडराउने, भित्री रूपमा केही घमण्डी (पृ.२४), उच्च शिक्षित, कुशल वक्ता, जुझारू, सङ्घर्षशील (पृ.२४), मितभाषी, जागिरे र टुहुरा भाइ बहिनीप्रतिको पुरै दायित्व निभाउ“दै आएकी छ तर भाइ बहिनीबाट उसले सन्तोष भने प्राप्त गर्न सकेकी छैन किनभने एउटी बहिनी प्रवेशिका तहमा तिन पटक अनुत्तीर्ण भई आवारा केटास“ग भागेकी छ भने निकै दुख गरेर इन्जिनियर पढाएको भाइ कार्यालयकी टाइपिस्ट भित्र्याएर केही दिनमा नै स्वास्नीकै बुद्धिमा लागेर उल्टै दिदीलाई आपेक्षा लगाइ छुट्टिएर बसेको छ । अनिता र सुरीतास“ग ऊस“गका विगतका सम्झना मात्रै रहेका छन् । सुरीताले प्रोजेक्टको रिसर्चका क्रममा कमलेशस“ग निकटता बढाउ“दै लगे पनि कमलेशले पनि अर्कैस“गै विवाह गर्छ र सुरीताले सडक दुर्घटनामा स्वास्नी मरेकी विधुर नरेन्द्रस“ग विवाह गर्छे तर त्यो सम्बन्ध पनि एक दशक पछि विच्छेद हुन्छ । सुरीता कार्यालय, डेरा र भाइ बहिनीको स्याहार संरक्षणमा दिन कटाउ“दै जान्छे । ऊस“ग मनको भावना पोख्ने कमली नामकी बिराली मात्रै हुन्छे ।

यसपछि अनिताले आफ्नो प्रेमी रवीन्द्र जो पछि लोग्नेमा परिणत भएको थियो ऊस“गको विगतको सम्बन्ध विकास र आपूmहरूको दिनचर्या कथन गरेकी छ । यिनै प्रसङ्गहरूका बिच बिचमा मानिसका सन्तान कुपोषणका सिकार वा सडक बाल बालिका बन्नु परे पनि नव धनाढ्यहरू कुकुर स्याहारेर बस्ने, सोर्सफोर्स हुनेले मात्रै जागिर पाउने, योग्यताको कदर नहुने, पार्टीहरूलाई केही चन्दा दिएर साहु÷व्यापारीले तिनलाई आफ्नो इच्छा अनुसार नचाउने, कालो धन सेतो धनका रूपमा परिणत गर्न वा बदनामहरू समाज सेवीका रूपमा दरिन विभिन्न प्रतिष्ठान खोलेर आफ्ना नाममा पुरस्कार वितरण गर्ने, आफूलाई विज्ञापित गर्ने जस्ता समकालीन कुरूप यथार्थ पनि प्रसङ्गवश आएका छन् ।

यीभन्दा पनि उपन्यासको मुख्य सन्दर्भ भनेको परम्परित नारी विरोधी पितृ सत्तात्मक व्यवस्था र त्यसले निरस तुल्याएको नारी जीवन (उपन्यासका सन्दर्भमा अनिता र सुरीताको जीवन) को प्रतिपादन नै हो । उपन्यासमा अनिताले विधवा र सुरीतिले परित्यक्त जीवन जिउनु परेको छ । बै“समै लोग्नेको अभावका कारण यिनीहरूमा अतृप्त यौन कुण्ठाका विकारहरू देखिन थालेका छन् । अनिता त बेला बेलामा असन्तुलित मनोदशामा समेत पुगेकी छ । रवीन्द्रस“गकै एकै ढर्राको जीवनप्रति पनि यो सन्तुष्ट थिइन । न त रवीन्द्र नै थियो । अनितालाई लागेको छ “म किन यो घरसित, यो बगैचासित, यो परिवारसित, रवीन्द्रसित सम्झौता तोड्न सकि रहेकी छैन ? म किन भित्र भित्रै मक्कि सकेको यस घरलाई पनि रङ्ग रोगन लगाइ रहेकी छु (पृ.५६) ?” यस्तै रवीन्द्र पनि विवाहपूर्व नै नारीस“गको यौन भोगमा अभ्यस्त थियो । “त्यसैले विवाहपछिको सेक्स र अघिको सेक्समा मैले खास अन्तर पाइन“” (पृ.५९) भन्ने उसको गुनासो छ । ऊ विवाहित भए पनि स्वतन्त्र जस्तै छ । दुर्घटनामा पनि उसकी निजी सहायक कोपिलास“गै मरेकी छ तर अनिता आफू घरको चौघेरामा बन्दी हुनु परेको, रवीन्द्र नै कहिले फर्कला भनेर कुरी बस्नु परेको ठान्छे । त्यतिमात्रै होइन दिदीको निरस जिन्दगी देखेपछि परम्परित नारी विरोधी पितृ सत्तात्मक समाज व्यवस्थाका ज्यादती वा नारी विभेदक प्रसङ्हरू उसका मनमा मडारिएर आएका छन् (पृ.५०–५७)) । ऊ ठान्छे – समाजका स्वास्नी मान्छे आफ्नो चाहना अनुरूप प्रस्तुत हुन पाउ“दिन । ऊ का“चो माटो झैं लोग्ने वा पुरुषको चाहना अनुसार ढालिनु पर्छ । उसको कुनै मौलिक परिचय बन्न दिइन्न । बाबु वा लोग्नेका नामबाट ऊ चिनिनु पर्छ । सहरिया शिक्षित नारी पनि सोही ढा“चामा ढालिएका हुन्छन् । नारीले आफ्नो ढा“चा बनाउन थाले भने ती समाजबाट बहिष्कृत हुन्छन् । नागरिकता, पासपोर्ट र कार्यालयका पत्रहरूमा बाबु वा लोग्नेकै नाम लेख्नु पर्छ । जन्माउने हुर्काउने आमा हुन्छे तर हक जताउने बाबु हुन्छ । कन्यालाई दानको वस्तु ठानेर कन्यादान गरिन्छ । त्यसपछि उसको थर गोत्र नै परिवर्तन गरिन्छ । कसको सन्तान हो आमालाई मात्र थाहा हुन्छ तर बाबुले आप्mनो थर गोत्रमा दर्ता गर्छ । गर्भधारण गर्न लोग्ने नै चाहिन्छ भन्ने त छइन नि ? “एउटा १७÷१८ वर्षको पठ्ठो ठिटोदेखि लिएर ७० वर्षको स्वस्थ बुढाबाट पनि गर्भ धारण” (पृ.५१) हुन सक्छ ।

छोरी कुनै वस्तु होइन । निर्जिव चिज पनि होइन, पशु पनि होइन, एउटा मान्छे हो । उसका आमा बाबुलाई त्यो दान दिने हक कहा“बाट प्राप्त भयो ? के मान्छे अझै मान्छेको दासत्वबाट मुक्त हुन सकेको छैन ? अझ त्यसो मात्र नभएर धर्मको नाम वा आडमा मान्छेले मान्छेलाई ‘मान्छे हुन’ बाट बञ्चित गरेको छ, विमुख गरेको छ (पृ.५२) ।

यस्तै रवीन्द्रले आफूलाई जागिर खाएर आत्म निर्भर हुन आग्रह गरे पनि त्यसमा आर्थिक स्वार्थ मात्रै छिपेको, स्वास्नीको व्यक्तित्व सबल बनोस् भन्ने भावना नरहेको, सबल भए आफू हीन भइन्छ कि भन्ने प्रतिशोधी मनोदशा पुरुषमा रहने गरेको, उच्च ओहोदामा पुगेका नारी विवाहिता नभई अविवाहिता, विधवा र परित्यक्त मात्रै देखिएका, समाजमा औपचारिक शिक्षाको प्रसार भए पनि चेतना विस्तार हुन नसकेको जस्ता अनिताका विश्लेषण देखिएका छन् जुन मूलतः उदार नारीवादी लेखनका रूपमा देखा परेका छन् । यी सन्दर्भहरू नै यस उपन्यासका मुख्य वैचारिक परिप्रेक्ष्य हुन् । यी सबै कुरा अनिताका एकल कथनका रूपमा उपन्यासमा आएका छन् । समग्रमा भन्दा विशेषतः व्यतिक्रमी विषय व्यवस्थापन र तनावपूर्ण मनोदशामा अनिताले विषय कथन गर्दा कतिपय ठाउ“मा विषय बोधमा केही अस्पष्टता वा जटिलता सिर्जना भए पनि मूल विषयको एकोन्मुखता उद्देश्य केन्द्रितता, उद्देश्यको समसामयिकता, बुनोटका तहको कथनमा रहेको सरलता र सरसता जस्ता कुराले यो उपन्यास उल्लेखनीय बनेको छ ।

१.२ अन्त्यहीन अन्त्य

शोभा भट्टराईको २०५७ सालमा प्रकाशित ‘अन्त्यहीन अन्त्य’ डिमाइ साइजका जम्मा ९५ पृष्ठ (भूमिका बाहेक) मा फैलिएको छ । यसलाई ‘अनुभवन्यास’ नाम दिइएको छ । यसले उपन्यास सर्जक शोभाको जीवनानुभव उपन्यासकी पात्र शोभा मार्फत व्यक्त भएको देखाउ“छ । उपन्यासको भूमिकामूलक ‘मेरो भनाइ’ मा “यसमा मेरो जीवनका अत्यन्त पीडा दायक क्षणहरूको चित्रण गर्ने प्रयास गरेकी छु” (पृ.९) भनाइले सो कुराको पुष्टि गर्नुका साथै प्रस्तुत उपन्यास यथार्थपरक नारी व्यथास“ग सम्बन्धित रहेको बुझिन्छ ।

उपन्यासको विषय वस्तु अनुसारको यो आद्यान्त शोभाको सङ्कट र सङ्घर्षले भरिएको जीवनस“ग सम्बन्धित देखिन्छ । यसमा उच्च मध्यम वर्गीय नारीले बा“चेको सङ्कटपूर्ण परिस्थिति र उसका आकाङ्क्षा अनि त्यसका लागि गरेको सङ्घर्ष नै विषय वस्तु बनेर आएको छ । शोभा आफ्नो जीवनको सङ्घर्षपूर्ण कथा किन कथि रहेकी छ त भन्दा उसको स्पष्ट उद्देश्य देखिन्छ –“यो मेरो कथाले म जस्ता केही नारीहरूलाई पनि सजग बनायो भने यो सार्थक हुने छ (पृ.१) ।” वर्तमान र भविष्य बनाउन इतिहास पढिए जस्तै शोभाको जीवनको सङ्कट र सङ्घर्षको कथा पठनले पाठकमा पूर्व सजगता निर्माण गर्न खोजिएको छ । त्यसैले यो उद्देश्यपूर्ण लेखन हो । नारीवादी कोण यसको उद्देश्यको मूल वृत्त हो ।

उपन्यासमा शोभा पढे लेखेकी, उच्च मध्यम वर्गीय परिवारकी, सचेत र आकर्षक व्यक्तिका रूपमा देखिए पनि ऊ आफ्नो इच्छा विरुद्ध सक्रिय पिता र परिवारको अवज्ञा गर्न नसक्ने व्यक्तिका रूपमा देखिएकी छ । पिताले देखाएको केटाको तस्बिर देख्दैमा मन नपरेको, धेरै ‘मेच्योड’ देखिएको, साथी स्मृतिबाट केटो ड्रगको अम्मली पनि थियो भन्ने समेत थाहा भएपछि शोभाले ती सबै कुरा झिना स्वरमा अभिभावक सामु जनाएकी छ तर उसको कुरालाई उनीहरूले कुनै महत्त्व दिएका छैनन् । उल्टो चर्को डाकोले ड्रगको अम्मली भए त्यत्रो पढ्न सक्थ्यो ? विदेशमा कम्प्युटर एनालिस्ट भएर बस्न सक्थ्यो ? जस्ता प्रश्न गरेर शोभाको मुख टालेका छन् । विदेश गएको र उतै व्यवसाय गरेर बसेको केटो भनेपछि उसका बारेमा कुनै नकारात्मकता सोच्नु नै मूर्खतापूर्ण कुरा हो भन्ने भ्रम शोभाका पिता र परिवारले पालेका थिए । त्यसैले केटाका परिवारको सहमति भएपछि केटीको सहमति आवश्यक ठानिएको छैन । यो कुरा केटाको बुबामा पनि लागु भएको छ । ऊ पनि केटीको सहमति आवश्यक ठान्दैन । विवाह पूर्व केटाकेटीको देखभेट गर्ने जुन आधुनिक समाजको सामान्य प्रचलनलाई पनि उसले अनेक बहाना गरी पन्छाएको छ । शोभाको बाबुमा केटाप्रति एक किसिमको हठ, दम्म र कुटिलता देखिएको छ । उसले भनेको छ– “म को हु“, मेरो प्रतिष्ठा के छ, तिमीहरूलाई थाहा नै छैन ? मेरो छोराको मैले चाहेको बेलामा बिहे हुनु पर्दछ (पृ.४३) ।” अमरको बाबुलाई आफ्नो छोरो देख्नमा छोरो भए पनि ऊ पुंसत्व विहीन छ भन्ने थाहा छ । त्यस्तो मानिसको विवाह गरि दिएर कसैकी छोरीको जीवन बर्बाद तुल्याइ दिनु हुन्न भन्ने स्वर उसको परिवारभित्र (अमरकी भाउजू) बाट प्रकट भए पनि ऊ आफ्नो फोस्रो इज्जत र हैकम कामय राख्न त्यस्तो अनैतिक काम गर्न पछि पर्दैन र त्यसका निम्ति उसले छोराको भेद नखुलोस् भनी विभिन्न बहाना बनाएर कुटिल ढङ्गमा शोभालाई बुहारीका रूपमा भित्र्याएको छ तर केही दिनमै त्यो रहस्य शोभाले थाहा पाउ“छे र पनि उसले तत्कालै कुनै विद्रोह गर्न सक्तिन । अमर शर्मा लोग्ने भए पनि ऊ नारी पहिरनमा सजिएर बस्न रुचाउने, स्वास्नीको सानिध्य कत्ति पनि मन नपराउने हि“जडा मनुष्य थियो । सुहाग रातमा पनि उसले स्वास्नीलाई छोएको थिएन । अलग्गै सोफामा सुतेर हि“डेको थियो । त्यसैले शोभा भन्छे– “मेरो दृष्टिमा त यो विवाह, विवाह नै थिएन । नभए पनि मैले स्वीकार गर्नु परि रहेको थियो” (पृ.२३) । ससुराले अरूलाई देखाउन उनीहरूलाई हनिमुनका निम्ति फिलिपिन्स पठाएको पनि छ । शोभा तैपनि हुने हो कि भनी हनिमुनका निम्ति अमरको पछि लागेकी छे । ऊ भन्छे – “मैले उसलाई अङ्कमाल गरिन कि, चुमिन कि, उसको शरीर थिच्ने र सुमसुम्याउने गरिन कि, के गरिन (पृ.५५) ? तर ऊ मुढो जस्तो लडि रह्यो । “शुष्क मुढो जस्तो” (पृ.५५) । “मेरो लोग्ने स्वास्नी मानिस बनेर बसेको थियो” (पृ.३६) । “ऊ पुरुष थिएन” (पृ.३६) । “त्यो पुरुष स्त्रीलाई आफ्नो लोग्ने मानेर जीवन बिताउनु पर्दा कस्तो होला” (पृ.३९) ? यस्तो दुर्नियति व्यहोर्नु पर्दा शोभा निकै हतास पनि भएकी छे । उसले ट्रान्कुलाइजरका मुठीभरि चक्कीहरू निकालेर ओछ्यानमा पल्टेकी छ । उल्टी भएर मात्र ऊ बाचेकी छ नत्र मर्न सक्थी । उसले भनेकी पनि छ – “भित्रैदेखि मेरो जीवनप्रति मोह समाप्त हु“दै आउन थाल्यो” (पृ.४१) । विवाह अघि र पछिको आफ्नो जीवनको तुलना गर्दै उसले भनेकी छ– “एउटी यस्ती केटी जो विवाह अघि फूल जस्तै फुलेकी, कलश जस्तै रसले भरिएकी थिई । अब ठिक त्यसको विपरीत म तप्त भूमिमा परिणत भएकी थिए“” (पृ.४७) । “विवाह अघि म धार्मिक व्यक्ति छदै थिइन“” (पृ.५२) । तर विवाह पछि “म भाग्यमाथि पक्का विश्वास गर्ने भएकी थिए“” (पृ.४९) । “नियतिले त मलाई एउटा हि“जडासित बा“धि दिएको थियो । अर्ध पुरुष अथवा अर्ध स्त्री । तर म के नियतिसित विद्रोह गर्न सक्तिन“” (पृ.४१) ?

आफूप्रति ठूलो धोका भएको थाहा पाएर पनि कुनै ठोस प्रतिरोध गर्न नसकेकी शोभा पहिला त जीवनप्रति नै आस्था शून्य बन्दै गएकी थिई । ससुरालाई छोराको हि“जडापन बोध गराउ“दा पनि त्यस्तो होइन भनेर टारि रहेको थियो तर एकदिन डाक्टरले नै अमरको बिहे गरि दिनु नै ठूलो गल्ती थियो भन्छ (पृ.७०) । साथै उसको प्रकृतिमै खराबी रहेको जनाइ दिन्छ (पृ.७१) । त्यसपछि शोभाले अमरलाई लोग्ने मान्नु पर्ने कुनै आधार देख्दिन“ तापनि समाजका नजरमा ऊ विद्रोही पनि बन्न सकि रहेकी हुन्न । माइतमा भाइ प्रकाशको विवाह आ“टेका हु“दा अमर र शोभा दुबै नेपाल फर्किन्छन् तर विवाह भएको वर्षदिनसम्म पनि शोभाको आमा बन्ने कुनै सुरसार नदेखेर अनि अमरको फरक स्वभाव देखेर साथीहरू र नारी मण्डलीमा शोभाका बारेमा अनेक चर्चा चल्न थाल्दछन् । नेपालको परिवेश शोभालाई झन् कष्टकर बन्दछ र ससुरास“ग अनेक अनुनय गरेर उनीहरू पुनः क्यानडा फर्किन्छन् । अमरको हि“जडापनस“गै शोभाको कुमारीपन शिथिल बन्दै जान थाल्छ । ऊ “अब त यस्ता शारीरिक सम्बन्धका कुराहरूमा मेरो रुचि पनि मरि सकेको थियो (पृ.७६)” भन्न थाल्छे । अमर कम्प्युटरको एनालिस्ट छ भन्ने कुरा पनि झुटो देखिन्छ (पृ.५७) । ऊ बेरोजगार हुन्छ । बाबुकै सम्पत्तिमा नारी परिहनमा सजिएर दिन काटि रहेको हुन्छ । परिस्थितिले शोभालाई आर्जनशील काममा लाग्न बाध्य बनाउ“छ र ऊ पहिला अनुभवका लागि इमिग्रेसनको कार्यालयमा तिन महिना अवैतनिक काम गर्छे र त्यसपछि रेष्टुरा“मा तलबी काम पाउ“छे । अमरको साथीकी श्रीमती निरास“ग उसको राम्रै हेलमेल बढ्छ र आफ्नो सबै परिस्थिति बताउ“छे । अरूस“ग पनि उसको सम्पर्क बिस्तार हु“दै जान्छ । नेपाली केही डाक्टरहरूस“ग पनि उसको हेलमेल बढ्छ । उनीहरूको सङ्गत र स्वआर्जनमा लागेपछि उसको आत्म निर्णयको क्षमता पनि बढ्न थाल्छ । तर यता अमर शर्माको स्वभाव झन् झन् रुखो र सन्की पाराको बन्दै गएको हुन्छ । एक दिन सानो निहुमा नै उसले शोभलाई रक्ताम्मे हुने गरी पिट्छ । पशु बनेको त्यस अमरप्रति शोभाको चरम वितृष्णा उत्पन्न हुन्छ । त्यसपछि उसले अनेक बहाना गरी त्यहा“का साथीहरूको समेत सहयोग लिई अमरलाई नेपाल पठाउ“छे र ससुरालाई पनि उसको छोराको सबै दुरवस्था बताइ दिएर आफू तिन वर्षदेखिको अमरस“गको कहरपूर्ण बन्धनबाट मुक्त भएको ठान्छे । त्यसपछि उसले नया“ जीवनको थालनी गर्दै छ भन्ने सङ्केत उपन्यासमा रहेको छ । उसले भनेकै छ –

– “मेरो जीवनमा एउटा कथा समाप्त हुन्छ, अर्को थालिन्छ । यसैगरी सिङ्गो जीवन बन्छ ।”

– “त्यो कथाको टुङ्गोपछि जीवनको अर्को कथा थालियो, जसको अन्त्य अहिले भएको छैन” (पृ.९५) ।

यसरी शोभाकै जीवन वृत्तमा हि“डको प्रस्तुत उपन्यासको विषय वस्तुले पढे लेखेकी छोरीप्रति गरिएको पितृ सत्तात्मक समाजको नारी दमनलाई एकातिर देखाएको छ भने अर्कातिर तेस्रो लिङ्गीको वास्तविकता नबुझी उनीहरूलाई पु¥याइएको यातनाको सङ्केत पनि यहा“ गरिएको छ । त्यस्तै आप्रवासी (डायोस्पोरिक) का अत्यास वा पीडाको सङ्केत पनि केही ठाउ“मा आएका छन् (जस्तै पृ.५२, ५३, ५९, ६२ र ८४) । तर पनि उपन्यासमा नारीवादी कोण नै बढी प्रखर रूपमा प्रकट भएको छ । त्यो शोभाको जीवन सन्दर्भबाट व्यक्त भएको छ । उपन्यासमा पितृ सत्तात्मक नारी दमन नै बढी देखिएको छ भने अन्त्यतिर गएर मात्रै त्यसप्रतिको नारी सङ्घर्ष बढी मुखारित भएको छ । अमरले शोभालाई रक्ताम्मे पारेर नपिट्दासम्म शोभाको स्वाभिमान त्यति सशक्त बनेर जाग्न सकेको छैन । त्यसअघि ऊ प्रतिकूल परिस्थितिप्रति दुखी बनेर आफ्नो असन्तोष त व्यक्त गर्थी तर ठोस सङ्घर्षमा उत्रन सकेकी थिइन । सो घटनापछि भने उसमा दह्रो आत्म निर्णय र त्यसप्रतिको व्यवहारिक सक्रियता नै देखिएको छ । आत्म निर्णयलाई उसले कार्यरूपमै परिणत पनि गरेकी छ । त्यो सामाथ्र्य उसलाई जागिरको स्वनिर्भरता र बाह्य सम्पर्कले नै दिलाएको देखिन्छ । उसको अनुभव नै बोलेको छ–

– “सङ्घर्ष, परिश्रम र त्यसको महत्त्व सब मैले जाने । मान्छे पढेर मात्र ज्ञानी हु“दैन, सङ्घर्ष र परिश्रमले उसलाई झन् ज्ञान दि“दो रहेछ” (पृ.६५) ।

यस बाहेक उपन्यासका ठाउ“ ठाउ“मा प्रसङ्गवश शोभाले नारीवादी स्वरलाई मुखारित तुल्याउने किसिमका अभिव्यक्ति पनि प्रस्तुत गरेकी छ । तिनले पनि यस उपन्यासको मुख्य परिप्रेक्ष्य नारीवाद नै रहेको पुष्टि गरेका छन् । जस्तै–

– “हामीकहा“ केटो विदेशमा पढेको भन्नासाथ त्यो सर्वोच्च गुण भइ हाल्यो” (पृ.४) ।

– “पुरुषको दिमागमा कहिलेका“ही के घुसि दि“दैन भने प्रत्येक केटीको आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ, परिचय हुन्छ” (पृ.२५) ।

– “मेरो कल्पना गोली लागेको परेवा झैं रक्ताम्य भएर भुइ“मा झरेको थियो एक्कासि” (पृ.२६) ।

– “कल्पना गर्नोस् एउटी स्त्री केटीको, जो पतिस“ग सुहाग रात मनाएर भोलिपल्ट निस्क“दा पनि कन्या केटी भएर निस्कन्छे” (पृ.२८) ।

– “म अलिक बिडम्बनापूर्वक सोच्न थाले“, सुहाग रात देखियो, अब अनि हनिमुन पनि हेरि हालु“” (पृ.२९) ।

– “ऊ (अमर) केवल स्त्रैण मात्र थिएन । आत्मरत पनि थियो । उसलाई आफू बाहेक कसैको चासो थिएन । आफ्नै एउटा संसार बनाएको थियो । त्यसैमा डुबेर बसि रहन्थ्यो” (पृ.४५) ।

– “तिमीहरू (अमर र उसको परिवार) लाई घरानिया“ भनेको त झन् असभ्य र घटिया खानदान रहेछ तिमीहरूको । तिमी जस्तो मानिसलाई पुरुषका रूपमा स्थापित गर्न, छल कपटद्वारा, ठगीद्वारा एउटी केटीको जीवन बर्बाद गर्न पाइन्छ” (पृ.५७) ।

– “म यसरी जीवन बिगार्दिन आफ्नो । मैले कमसेकम कुनै एउटा नोकरी अवश्य गर्नु पर्छ” (पृ.६४) ।

– “ईश्वरस“ग यही माग्थे“ कि मलाई मजबुत बनाइ देऊ, मजबुर होइन” (पृ.८४) ।

– “म बर्बरतालाई कदापि सहन गर्दिन । मेरो आफ्नो एउटा जीवन छ, भविष्य छ । आफ्नो जीवनलाई कुल घरान भनेर वा उनको प्रतिष्ठा भनेर अब बर्बाद गर्दिन“” (पृ.९१) । आदि ।

यसरी पर्याप्त पृष्ठभूमि प्रदान गरेर मात्र यस उपन्यासमा नारी विद्रोहको स्वर प्रक्षेपण गरिएको छ । उसन्यासमा शोभाले व्यहोरेका पितृसत्ताको बर्बरतालाई सविस्तार प्रस्तुत गरेर उसप्रति पाठकीय सहानुभूति सिर्जना गर्नुका साथै नारीप्रति बर्बर समाजको मूर्खतापूर्ण सोचमा आमूल परिवर्तन अत्यावश्यक छ भन्ने कुरा पनि ध्वनित गरिएको छ । शोभाका पिता र ससुरा दुबै आआफ्नो कृत्यबाट झन् असन्तोषमा पर्नुले त्यसको पुष्टि भएको छ । नारी स्रष्टाले आफ्नो त्रासद जीवनानुभवलाई नै उपन्यासको विषय वस्तु बनाएर त्यसलाई प्रवाहपूर्ण आकर्षक शैलीमा प्रस्तुत गर्न समर्थ हुनुले पनि यसको नारीवादी कोण अझ सबल देखिएको छ । समग्रमा भन्दा यो उदार नारीवादी कोणबाट बुनिएको नेपाली उपन्यास साहित्यको एउटा उल्लेखनीय रचना हो ।

१.३ निष्कर्ष

गीता केशरीको दसौं उपन्यासका रूपमा २०६० सालमा प्रकाशित ‘निष्कर्ष’ उपन्यास डिमाइ साइजका १६४ पृष्ठमा फैलिएको छ । यसको विषयलाई छोटा छोटा ३८ परिच्छेदमा विभाजित गरिएको छ । उपन्यासमा द्वन्द्व कालीन त्रासपूर्ण परिवेश एकातिर सङ्केतित छ भने अर्कातिर समाजमा हुने खानेका सन्तानले सिर्जना गरेको नारीप्रतिको आतङ्क विस्तारमा प्रस्तुत गरिएको छ । नेता रुद्रको छोरा समीर रक्स्याहा, फु“डो र नारी पीडकका रूपमा देखिएको छ । उसले घाइते भई फर्केको ब्रिटिस सैनिककी छोरी इला सुब्बा जो सचेत, शिक्षित, जागिरे र शारीरिक रूपमा सुन्दर अनि सबल पनि थिई– लाई फ“साउन अनेक वैयक्तिक प्रयत्न गरे पनि असमर्थ भएपछि आफ्नो ग्याङ् नै प्रयोग गर्छ । उसको ग्याङ्ले इलालाई अपहरण गरी सामूहिक बलत्कार गर्छ र मृतप्रायः अवस्थाकी उसलाई कपडामा बेरेर सहरको फोहरको थुप्रोमा फालेको हुन्छ तर पुलिसले शङ्का मानी खानतलासी गर्दा मरणासन्न अवस्थाकी नारी देखेर उसलाई तत्काल हस्पिटल पु¥याउ“छन् । पुलिसले छानबिन बढाउ“दै जा“दा समीर समातिने देखेर उसको नेता बुबाले छोरोलाई बचाउन जिरीतिर पठाउ“छ र यता श्रमजीवी मीराको छोरो अमीरलाई पैसाका बलमा पुलिस सामु आफ्नो छोराको दुष्कर्म स्वीकार्न लगाउ“छ । त्यसका निम्ति रुद्रले अमिरकी सोझी आमा मीरालाई उपयोग गरेको छ । इला बिस्तारै ठिक हुन्छे । ऊ आफूलाई बलत्कार गर्नेको नाइकेस“ग नै बिहे गर्ने निर्णयमा पुग्छे र पछि गर्भ रहेको पनि थाहा हुन्छ तर ऊ गर्भपतन गर्न पनि मान्दिन । अमीर नसोचेको परिस्थितिमा परेर विक्षिप्त जस्तो अवस्थामा पुग्छ । उसकी आमा मीरा पनि रुद्रको नराम्रो चक्रव्यूहमा परेको ठान्छे । केही समयपछि बलत्कारीको नाइके अमीर नभई रुद्रको छोरो समीर हो भन्ने गोप्य उजुरी पर्छ । प्रहरीको अनुसन्धानले पनि त्यसैको पुष्टि गर्न थाल्छ । रुद्र पनि पारदर्शी बन्न थालेको परिस्थितिले गल्दै जान्छ । उसले आफ्नो दैनिकीमा छोराको कुकृत्यको उल्लेख गरेको हुन्छ । त्यस्तैमा चुनावका लागि जिल्ला पुगेको रुद्र उतै विद्रोहीको गोलीले मारिन्छ । समीर पनि भित्रभित्रै आफ्नो दुष्कृत्यप्रति पछुताउन थालेको हुन्छ । रुद्रको घर काम गर्ने बिमलाले रुद्रको डायरी फेला पार्छे र त्यो इलाकी साथी स्नेहाकहा“ पु¥याइ दिन्छे । स्नेहाले प्रमाणका रूपमा डायरी पुलिससामु लान्छे । सबै वास्तविकता थाहा हुन्छ र १३औ“ दिनको बाबुको काजक्रिया सकेको समीर समातिन्छ । अमिर छुट्छ । अमिरको मनोदशा सुधार्न इलाले पूरै कोसिस गर्छे र सफल पनि हुन्छे । १३औ“ दिनमै रुद्रको लगानीमा बनेको ‘पुनर्जीवनालय’ को उद्घाटन इलाकै प्रमुख आतिथ्यमा गरिन्छ । इलाले रुद्रको नकारात्मक चरित्र चिनाउ“दै उसले अन्त्यमा प्रायश्चित स्वरूप सो संस्था निर्माणका लागि गरेको आर्थिक सहयोगको लागि प्रशंसा गर्छे । यता अमिरालाई छोडपत्र दिएर ऊ आफ्नो छोरो लिएर डेराको खोजीमा लाग्छे । अमिर र उसकी आमाले बाबु बिहीन छोराका निम्ति रोक्न खोजे पनि उसलाई आमाकै नामबाट दुनिया“लाई चिनाउने अठोट सहित हि“ड्छे र उपन्यास टुङ्गिन्छ ।

यसरी टुङ्गिएको यस उपन्यासमा मूलतः इलाको स्वतन्त्र र स्वावलम्बी चरित्रलाई नै विशेष महत्वका साथ चिनाउन खोजिएको छ । पितृ सत्तात्मक नेपाली समाजमा नारीले व्यहोर्नु परेका अनेकन दासता र अत्याचारको बयान उपन्यासका ठाउ“ ठाउ“मा गरिएको छ । पुरुषको नारीप्रतिको हिंस्रक व्यवहार समाजमा सर्वत्र छाएको छ । त्यस बाहेक द्वन्द्व कालीन समाजका सन्त्रासलाई पनि उपन्यासका ठाउ“ ठाउ“मा सङ्केत गरेको छ । जस्तै–

मृत्यु बलात्कार, लुटमार, ठगी र नया“ नया“ प्रकारको अपराध बढि रहेको छ हरेक दिन । महङ्गी एकातर्फ बढ्दै छ, पैसाको लागि नैतिकता बेचेर दौडि रहेका छन् हुलका हुल । त्यस्तै आकर्षण छ शाक्ति हत्याउन पनि । विकासको संरचनाहरू ध्वस्त हु“दै छन् । अहंको हुङ्कार टकराउ“दो छ । गर्जन हु“दैछ, बिजुली चम्कदो छ, चट्याङ्ले मरि रहेका छन् ती । कठैबरा ू बिहान आगनमा निस्केकी आमा, छोराछोरीको अगाडि लास भएर लाडि रहेकी छे । ललिपप र चक्लेटले लोभ्याइ बालिकाहरू बलात्कृत भइ रहेका छन् । आफ्नै चेली, आफ्नै छोरी पनि ब“च्न पाएका छैनन् । गुरुको बाबुको गिद्धे मिजासबाट । अनमोल नारी जीवनको मोल लागेको छ जताततै (पृ.३६) ।

उपन्यासमा नारी शिक्षामा राम्रै जोड रहेको छ । जस्तै–

– “छोरीलाई पढाउ“दैमा व्यर्थको खर्च भएको सुन्दा कस्तो दुख लाग्छ । दाइजो दिएर पन्छाउन बरु तयार हुन्छन् । छोरीलाई पढाएर सुयोग्य बनाउन भने दच्किन्छन्, कस्तो छ हाम्रो समाज” (पृ.४५) ।

– “हेर्नोस् घरमा एउटा मात्र शिक्षित भयो भने त्यसले शिक्षाको वातावरण बनाउ“छ । इला पढे लेखेकी थिई । त्यसैले रेखालाई पढाई” (पृ.४७) । यस्ता नारीवादी अनुकूलका टिप्पणी विशेषतः इला र स्नेहका माध्यमबाट प्रकट भएका छन् । आफू नहु“दा पनि घरधन्दा हु“दो रहेछ भन्ने बोध गरेर स्नेहाले जागिर वा कुनै आयमूलक काममा आफूलाई लगाउने सोच बनाएकी छ ।

समाज नारीप्रति अत्यन्त असहिष्णु छ । नारीले आप्mनै प्रयत्नले स्वावलम्बी बनेर आफूलाई स्थापित गर्न लागी भने पनि नारीप्रति ईष्र्यालु समाजलाई सह्य हु“दैन । इला त्यसैको सिकार बनेकी छ । रूप र यौवनप्रति घमण्ड गर्ने “तेरो त्यो ओठमा कहिल्यै मुस्कान आउन दिन्न” (पृ.५९) भन्ने समीरको इलास“गको गर्जनले त्यसैको सङ्केत गर्दछ । स्नेहाले पनि “यो घटना नारी प्रगतिमाथिको ईष्र्या र पुरुषको अहंकारको परिणति पनि हो” (पृ.३४) भनेकी छ । उपन्यास यस्तो अमानवीय दुरवस्थामा सुधार चाहन्छ ।

पुरै ग्याङ्ले अपहरण गरेर सामूहिक बलात्कार गर्ने अनि समाजमा उसैलाई दोषी ठानी छिः छिः र दुर् दुर् गर्ने अनौठो नारी पीडक मनोविज्ञानप्रति इला गम्भीर चुनौती बनेर खडा भएकी छ । सामूहिक बलात्कारीकै नाइकेकी श्रीमती बन्नु र सोही क्रममा रहेको गर्भलाई पतन नगराई जन्माउनु सरदर नारी सोचभन्दा फरक कुरा हो । जति नै पुरुष अत्याचार सहनु परे पनि त्यसलाई नारीले आफैमा सीमित गरेर राखि दि“दा अपराधी पुरुषलाई दुष्कर्म गर्न झन् प्रोत्साहन पुगेको हु“दा “पीडित मैले नबोले कसले बोल्ने, अहिले नबोले कहिले बोल्ने” नारीवादी सोच अनुसार इला यहा“ प्रकट भएकी छ । दुष्कर्मी छोराका तर्फबाट माफ माग्न आएकी आमालाई उसले स्पष्ट भनेकी छ–

– “त्यसले कुनै हालतमा पनि क्षमा पाउन सक्दैन । त्यो त्यो अधर्मी कुनै ओडारमा लुक्न पसे पनि म त्यसलाई तानेर ल्याउ“छु र यस्तो सास्ती दिन्छु कि त्यसले प्रत्येक नारीको शक्तिलाई चिनोस् र सम्मान गर्न सकोस् । तपाई“ पनि जानोस् र यसरी आमा भएर छोराको अपराधमा माफी माग्न नआउनु होस्” (पृ.६२) ।

– “थाहा छ तपाईलाई त्यसले (तपाई“को छोराले) मलाई बलात्कार मात्रै गरेन, मारेर फ्याक्ने प्रयास पनि ग¥यो” (पृ.६५) ।

– “नारी जीवनको अनुभव बोकेकी नारी तपाईले कस्तो व्यवहार नारी माथि गर्नु पर्छ भनेर पुरुष छोरालाई सिकाउन सक्नु भएन ? नत्र आज मेरो सामुन्ने यसरी तपाईंले निर्लज्जतापूर्वक भिखारीको रूपमा उपस्थित हुनु पर्ने थिएन” (पृ.६५) ।

– “आफूले स्वास्नी बनाइ सकेपछि (बलात्कार गरि सकेपछि) आफैले त्यस स्वास्नीमाथि अत्याचार अरूबाट गाउन लगाउ“छ भने त्यो व्यभिचारी हो र त्यो सजायको भोगी हुनै पर्छ” (पृ.६५) ।

– “मैले यो (बलात्कारी नाइके) स“ग विवाह गर्न लागेको यसलाई तह लगाउन र यसले गरेको गल्ती हरेक पटक मलाई देख्दा याद आओस् भनेर हो । म त सुख चैनले बा“च्न नसक्ने भए भने मैले यसलाई मात्र किन आनन्द भोग गर्न दिने (पृ.९७–९८) ?”

– “अत्याचार सहनुलाई म स्वीकार्न सक्दिन“ । यो बलात्कार पनि अपराध मध्येको एक हो । त्यो जति उम्कन खोज्छ म त्यसलाई समातेर त्यति नै दनक दिन चाहन्छु” (पृ.९९) ।

इला त्यतिमात्रै होइन राज्यको पितृसत्ताको पक्ष पोषक बनेको कानुनको पनि सुधारका लागि प्रयत्नशील छ । ऊ बलात्कारीहरूद्वारा गर्भाधान भएको आफ्नो छोरोलाई आमाकै नामबाट चिनाउने कानुनको खोजीमा छ । उसले भनेकी छ–

– “म आमाको तर्फबाट नै यसलाई अधिकार दिलाउन चाहन्छु । कानुनलाई समय सापेक्ष बनाउन पनि अवस्थाको बोध गराउ“दै जानु पर्छ । यस्तोमा भागेर हु“दैन न त हुन्छ दयामायाले नै । अधिकारपूर्ण न्याय प्राप्त गर्नेतर्फ हामी लाग्नै पर्छ” (पृ.१६४) ।

– “यसैले म छोरालाई न्यायिक अधिकार प्राप्त गराउन र आउ“दो पुस्ताले यस्तो दुःख नपाउन भनी कानुनस“ग अर्को सङ्घर्ष यहीबाट सुरु गर्छु । म समीर र ऊ जस्तै अरू गुन्डाहरूलाई त्यत्तिकै छोड्दिन” (पृ.१६४) ।

इलाका कतिपय अपेक्षा उपन्यासमै परिपूर्ति भएका पनि देखाइएको छ । नेता रुद्रले लेखेको डायरीबाट अनि उसले पुरुषद्वारा पीडित नारीहरूका लागि बनेपामा बनाउन लागेको ‘पुनर्जीवनालय’ ले पनि ऊ परिवर्तित हुन चाहेको बुझिन्छ । त्यस्तै भागेर गाउ“मा गएको समीरले पनि बेलाबेलामा विगतका आफ्नो दुष्कृत्यप्रति पछुतोमा पर्न थालेको छ (पृ.१२३) । निदोर्ष भए पनि लोभको फन्दामा परेको अमिर जेलमुक्त भएर स्वस्थ्य बन्न थालेको छ । व्यवहारमा लागु भइ नसके पनि आमाका नामबाट नागरिकता दिन कानुनी प्रावधान उपन्यास प्रकाशित भएपछि सर्वोच्च अदालतबाटै फैसला भएको छ । अन्य कानुनी सुधारहरू पनि हु“दै आएका छन् । त्यसैले उपन्यासको नारीवादी स्वर समसामयिक स्वर नै बनेर देखिएको छ ।

उपन्यासमा नारीवादी स्वरका अतिरिक्त कुरूप बन्दै गएको तत्कालीन राजनीतिका अनेक परिस्थिति र त्यसैका आडमा मौलाएका सामाजिक र आर्थिक, शोषणलाई पनि राम्रोस“ग नियालिएको छ । समाजमा अशान्ति, अराजकता, दुव्र्यसनको विकास भएको, देश गलत नेता र व्यापारीहरूको हातमा परेको हु“दा सीमित व्यक्ति मोटाए पनि देशको आर्थिक अवस्था ओरालो लागेको, विदेशीहरूको चलखेल बढ्न थालेको, सामाजिक नैतिकता ह्रासोन्मुख बन्दै गएको जस्ता परिस्थितिहरूलाई यहा“ सहयोगी स्वरका रूपमा प्रस्तुत गरिएको छ । इला स्वयंले पनि त्यस्ता परिस्थितिलाई प्रकाश पारेकी छ (पृ.१६०) । त्यसैले समकालीन समाजका विविध सामाजिक समस्याहरूलाई यस उपन्यासमा समेटे पनि मूल स्वर भने नारीवाद नै देखिएको छ । यो पनि उदार नारीवादकै रूपमा रहेको छ ।

१.४. सम्झौता

भाषा भण्डारीको २०६० साल माघमा प्रकाशित ‘सम्झौता’ उपन्यास सानो आकारका जम्मा १८० पृष्ठमा (भूमिका समेत) फैलिएको छ । यसमा विषयलाई १६ परिच्छेदमा विभाजन गरिएको छ । उपन्यासको विषय वस्तु अनुसार सरकारी उच्च प्रशासक नरनाथकी छोरी उत्तमाले एम.एस्स.सी. प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण गरे पनि उसको प्रेमी कमलले खबर नगरी विदेश अध्ययन गर्न गएको हुन्छ । आफै केटो खोजेको भनी उसलाई उत्तमाको बाबुको साथीको छोराले बिहे गर्न अस्वीकार गरेपछि बढेकी छोरीको कुनै कुरा नसुनी बिहे गरि दिन्छ । जबर्जस्ती गरि दिएको बिहेप्रति उत्तमा यसै पनि सन्तुष्ट थिइन । त्यसमाथि लोग्ने नामको विनायकमा लोग्नेपन पनि पाउ“दिन । लोग्नेको जड अस्तित्व र सासूको टोकेसोले ऊ धेरै आतङ्कित हुन्छे । सासूका अगि खासै अस्तित्व देखाउन नसक्ने ससुरो भने उत्तमाप्रति सहानुभूतिशील देखिन्छ । उसको निजी अस्तित्वप्रति सम्मानको भाव जनाएको हु“दा स्वाभिमानी उत्तमाको बृद्ध ससुराप्रति बढी निकटता देखिन थाल्छ । यही परिस्थितिकी उत्तमा त्यस घरमा विदेश गएको देवर घर फर्केपछि झन तनावग्रस्त बनेकी छ किनभने त्यो देवर आफ्नो पूर्वप्रेमी कमल नै हुन्छ र ऊ उत्तमालाई अपनाउने हिम्मत पनि गर्नै सक्दैन । आफ्नो विगत बताएर बाबुस“ग सल्लाह लिन खोज्छ । त्यो थाहा पाएर उत्तमाले उसलाई त्यसो नगर्न भन्छे ।

– “हिजो मस“ग प्रेम गर्न बाबालाई सोध्नु परेन, प्रेयसीलाई छोडेर विदेश जान बाबालाई सोध्नु परेन, आज जब सबथोक बिग्रि सक्यो, सुधार्ने कुनै ठाउ“ छैन अनि बाबाको शरण । के भन्ने बाबाले ? जेठो छोराको जीवनमा डढेलो सल्काएर कान्छालाई बस्ती बसाउन अनुमति दिने (पृ.६७) ?”

जस्ता उत्तमाका आक्रोश देखिन्छन् ।

उत्तमाको चरित्रका प्रशस्त अन्तर विरोध पनि पाइन्छन् । आफ्नो अस्तित्व रक्षका लागि प्रयत्नशील रहे पनि निर्णायक भूमिका निर्वाह गर्न सकि रहेकी छैन । प्रेमी कमलप्रति आशावादी भएर नै उसले बिहे गर्न अस्वीकार त गरेकी हो तर बाबुको हठका अगाडि ऊ निरीह बनेकी छ । विनायकस“ग “मेरो अर्को प्रेमी छ, म त“स“ग बिहे गर्दिन“” (पृ.६७) भने पनि उसले छाडेन र उसैका पछि डोरिएर आई । एम.एस्सीको सर्वोत्कृष्ट छात्रा र उच्च ओहोदाको यसको जागिरे बाबुबाट यस किसिमको व्यवहार हुनुलाई त्यति सहज, स्वाभाविक र विश्वसनीय भने मानि“दैन । अनि पछि भेटिएको कमलप्रतिको यसको तटस्थ भाव वा उसलाई अपनाउन नसक्ने, समाजकै विधि विधानमा डेरिन खोज्ने प्रवृत्ति पनि त्यति स्वाभाविक छैन । यही कारण यसमा बढी मनोवैज्ञानिक जटिलता उत्पन्न भएका छन् । उत्तमाले विनायकस“ग बिहे गरेर आएपछि माइतीको मुख देख्न चाहेकी छैन । यसको विद्रोह त्यही केन्द्रित छ । माइतीले बनाइ दिएको सुविधा सम्पन्न घरमा सर्न होस् वा भाइको बिहेको निम्ति बाबु नै लिन आए पनि ऊ गएकी छैन ।

म कसैको मुठीभित्र परेको माखा जस्तो अविवाहिता छोरी होइन, जसले जे मन लाग्छ उही निर्णय गर्न सक्ने । जे जे अनिच्छा आइ लाग्छन् सबै सहें । आज म अर्कै स्वास्नीमान्छे, व्यक्तिगत निर्णय गर्ने स्वतन्त्रता भएको । त्यसकारण तपाईंको धम्की, घुर्कीले केही लछारपाटो लगाउनेवाला छैन । जुन ठाउ“मा मेरो अस्तित्वको निर्ममतापूर्वक हत्या गरियो त्यो स्थानमा म जान्न (पृ.१०५)

भन्ने उसको आक्रोश देखिएको छ । ऊ पछिसम्म माइत गएकी पनि छैन । त्यस्तै विदेश जाने मौका र राम्रो कार्यालयमा जागिरे हुने अवसर समेत बाबुकै कारणले गुमाउनु परेको यसको आरोपमा बाबुले जागिरबाट कमाउने पैसा म नै दिन्छु भन्दा यसको अहंमा चोट लागेको छ र भनेकी छ

– “मेरो नैसर्गिक स्वाधीनतालाई रूपैया“ पैसास“ग दा“ज्ने कुचेष्टा नगर्नु होस्”

(पृ.१०५) । पछि अर्कै प्रसङ्गमा देवरले भाउजूलाई जागिर खान आग्रह गर्दा ऊस“ग पनि यसले व्यङ्ग्य गरेकी छ

– “जागिर खाने, देश विदेश गर्ने, घर परिवारको संरक्षण गर्ने काम त लोग्ने मान्छेको हो । हामीले जागिर खान थाल्यौ“ भने लोग्ने मान्छेको अधिकार हनन हु“दैन र (पृ.१०७) ?”

पछि विनायक आफैले आफूबाट सन्तान नहुने कुरा जनाएको छ

(पृ.१००) । त्यसपछि जा“ड खाएर आउने र उत्तमालाई छाडेर बाहिर सुत्ने गर्न थालेको छ । कुमारले त्यसका बारेमा जानकारी लिन खोज्दा उत्तमाले भनि दिएकी छ– “वीर्यहीन पुरुषले अर्थोक नजाने पनि स“गै सुत्नुको औचित्य छैन भन्ने कुरा राम्रोस“ग जानेको हुन्छ” (पृ.११६) । यसबाट कुमार खङ्रङ्ग पर्दछ । दाजु भाउजूको चिसि“दो सम्बन्धको थप रहस्य उसलाई बोध हुन थाल्छ । ससुरा मरेपछि लोग्नेले आफ्नो घर बेची ससुराले दिएको घरमा बस्न थाले पनि उत्तमा त्यहा“ गएकी छैन । डेरामै बसेर सा“झ विहान ट्युसन पढाउने र दिउ“सो लोक सेवाको तयारी गर्न थालेकी छ र लोक सेवाबाट नाम निकाली बाबुकै कार्यालयमा जागिर खान थालेकी छ । जागिरको तयारीको सन्दर्भमा उसको वनमालीस“ग भेट हुन्छ । हुर्कि सकेका छोराछोरी छाडेर पोइला गएकी श्रीमतीका कारण एक्लो बनेको बनमालीप्रति उत्तमाको गहिरो आकर्षण विकास हुन थाल्छ । उसको निस्वार्थ सहयोगबाट उत्तमा धेरै प्रभावित हुन्छे । पछि कुमारले “तपाईलाई छोडेर अर्की युवतीको कल्पना गर्न सक्दिन” (पृ.१३६) भने पनि यो कुमारस“ग जान तयार हुन्न । एकदिन उसले कोठामा आएर जबर्जस्ती गर्न खोज्दा रणचण्डी जस्ती बन्छे र कुमारले ऊस“ग माफ माग्न बाध्य हुन्छ । पछि उत्तमाले नै कुमारले रोजेकोे केटास“ग विहे छिनि दिने काम गर्छे । विनायक छोरो सहितकी अर्की श्रीमती ल्याएर बसेको हुन्छ । उत्तमाले बनमालीलाई चाहे पनि बनमालीले उत्तमालाई बुहारी बनाउन खोज्छ तर छोराले उत्तमास“ग विवाह गर्न अस्वीकार गर्छ । दुबै मनोवैज्ञानिक तनावमा परेका हुन्छन् । वनमालीको अभिप्राय आफ्नो उमेरस“ग मिल्दो नहु“दा बुहारी बनाएरै भए पनि उत्तमालाई आफ्नो निकट राख्न खोज्नु हो । त्यो सम्भब नहु“दा ऊ गम्भीर रूपमा बिरामी पर्छ । उसले उत्तमालाई लेखेका प्रेमपत्रहरू छोरीले भेट्छे र ऊ उत्तमालाई खोज्दै आउ“छे । सबै परिस्थिति थाहा भएपछि उत्तमाले बनमालीलाई जीवन साथी मान्ने सम्झौतामा पुग्छे । उत्तमाको सान्निध्यले वनमाली तुरुन्तै ठिक हुन्छ र उपन्यास टुङ्गिन्छ ।

यसरी उपन्यासमा विषय वस्तुको लम्बेतान शृङ्खला प्रस्तुत गरिएको छ । उपन्यासका कतिपय घटना क्रम र तिनको आकस्मिक मोड व्यावहारिक यथार्थका दृष्टिले त्यति सहज विकास हुन सकेको देखि“दैन तापनि प्रस्तुतिमा एक किसिमको औपन्यासिक प्रवाह भने भेट्न सकिन्छ । उपन्यास मूलतः उत्तमाको अस्तित्ववादी चेतनास“ग सम्बन्धित छ । अर्काको दमन, घोचपेच सहेर बस्न नचाहने, आफ्नै क्षमतामा बा“च्न चाहने, आफ्नै विवेकले निर्णय गरेर आफ्नो जीवन सञ्चालन गर्न खोज्ने र त्यसप्रति अवरोध बन्ने वा उसको स्वामित्वलाई महत्त्व नदिनेप्रति भने यो निकै आक्रामक देखिएकी छ । जटिल अवस्थाले किचि“दा यदाकदा यसमा आत्महत्याको भावना उब्जे पनि यो आधारभूत रूपमा जीवनवादी सोच भएकी चरित्र हो । उपन्यासकै शब्दमा भन्दा यो आधारभूत “जिजीविषाको भीषण सङ्घर्षमा होमिएकी” (पृ.९२) चरित्र हो । सामन्ती समाजको पितृ सत्तात्मक संस्कार बोकेका आफ्नै प्रेमी बाबु, लोग्ने र सासुप्रति यसले प्रत्यक्ष सङ्घर्ष गर्नु परेको छ भने त्यस समाजको अन्य मनोविज्ञानस“ग पनि यसले बेलाबेलामा जुधि रहनु परेको छ । त्यसमै उपन्यासको नारीवादी स्वर मुखर बनेर प्रकट भएको छ । कसैलाई जीवन र कसैलाई शरीर दिएर बा“च्नुका पीडा बोकेकी यसले “जसले मेरो स्वाभिमानलाई स्थान दियो उसैलाई मैले मेरो जीवन दिएकै छु” (पृ.१२४) भनेर आफूभन्दा बृद्ध ससुरा र बनमालीप्रति आफ्नो जुन सद्भाव र आकर्षण देखाएकी छ त्यो अस्तित्ववादी कोणबाट मात्रै नभई मनोवैज्ञानिक दृष्टिले पनि अर्थपूर्ण देखिएको छ तर त्यो पाटो उपन्यासमा त्यति खुल्न भने सकेको छैन । यसमा राम्रोस“ग खुलेर आएको पाटो भनेको उदार नारीवादी नै हो । यो उत्तमाकै जीवन सङ्घर्षस“ग सम्बद्ध भएर आएको छ ।

१.५ उपसंहार

माथि चर्चित सीता पाण्डे, शोभा भट्टराई, गीता केशरी र भाषा भण्डारी समकालीन नेपाली उपन्यासमा देखिएका नारी हस्ताक्षर हुन् । यीमध्ये शोभा भट्टराई बाहेक अरू बहुमुखी साहित्यकार हुन् । सङ्ख्यात्मक रूपले यिनीहरूको क्रियाशीलता बढी देखिएको छ । यीमध्ये गीता केशरी उपन्यास लेखनमा सबैभन्दा बढी सक्रिय छन् । प्रस्तुत सन्दर्भमा यी चारै नारी उपन्यासकारका क्रमशः अन्तद्र्वन्द्व, अन्त्यहीन अन्त्य, निष्कर्ष र सम्झौता गरी जम्मा चार वटा उपन्यासको सङ्क्षिप्त अध्ययन विश्लेषण गरिएको छ । प्रकाशन समयका दृष्टिले हेर्दा अघिल्ला दुई २०५६ र २०५७ सालमा प्रकाशित हुन् भने पछिल्ला दुई २०६० सालमा प्रकाशित हुन् । यी सबैमा समकालीन समस्या ग्रस्त नेपाली समाजको चित्रण छ तापनि मूलतः नारी समस्याले प्राथमिकता पाएको छ । यस क्रममा सबै उपन्यासमा पितृ सत्तात्मक समाजको नारी दमको विषयलाई केही विस्तारमा प्रस्तुत गरिएको छ भने त्यसप्रतिको नारी सङ्घर्षलाई पनि देखाइएको छ ।

उपन्यासमा पढे लेखेका, हुने खाने सचेत भनिएको पुरानो पुस्ता आÇना छोरीचेली वा बुहारीप्रति कठोर देखिएको छ (जस्तै शोभाका पिता र ससुरा, उत्तमका पिता) भने सामान्य अवस्थाका पुरानो पुस्ता बरु सहानुभूतिशील पाइन्छ (जस्तै– इलाका पिता र उत्तमाका बृद्ध ससुरा) । नेतृत्व वर्ग पनि नारीप्रतिको दमन रोक्न इच्छुक छैन । आफ्ना सन्ततिले मच्चाएको नारी आतङ्क ढाक छोपमै बढी सक्रिय छ (जस्तै– समीरको बाबु रुद्र) । उच्च वर्गीय नारीहरू पनि पुरुषको सामन्ती हैकममै दबेर बसेका छन् (जस्तै– शोभाका घर र माइतीहरू) । उनीहरूका पढे लेखेका छोरीहरू पनि आफ्नो जीवन विरुद्ध भयानक अनर्थ गर्न लागेका पिताका कर्मलाई तत्काल दरो ढङ्गमा अस्वीकार गर्न सक्दैनन् र धेरै पछि गएर मात्र उनीहरू जेलिइ सकेको त्यस परिस्थितिबाट मुक्त हुने प्रयत्नमा लागेका छन् । यस दृष्टिले हेर्दा निम्न मध्यम वर्गीय परिवारका छोराछोरीमा बढी बिद्रोह चेत मुखर देखिन्छ (जस्तै इला) । समाजमा पढे लेखेको पुरानो पुरुष पुस्ता मात्रै नभई नया“ पुस्ता पनि नारीप्रति दायित्वहीन देखिएको छ (जस्तै – प्रेमको नाटक रचे पनि उत्तमालाई खबरै नगरी विदेश हि“डेको कमल) । यस्ता जति पनि नारी विरोधी परिस्थिति छन् तीप्रति यी उपन्यासहरूमा प्रतिद्वन्द्वी भाव देखिएको छ ।

पहिलो उपन्यास ‘अन्तद्र्वन्द्व’ मा नारीवादी स्वर अरूको भन्दा बढी चर्को छ । यसमा पितृ सत्तात्मक समाजका नारी विरोधी धेरै कुराहरूमाथि गम्भीर प्रश्न चिन्ह उभ्याउनुका साथै यौनका मामलामा पनि पुरुष सरह नारी स्वतन्त्र हुन पाउनु पर्छ भन्ने अभिप्राय रहेको छ । त्यो हुन नसक्दा नै नारी जीवन यौनकुण्ठाले ग्रस्त बनेको परिस्थिति पनि अनिता र सुरीताको जीवनबाट देखाइएको छ । दोस्रो उपन्यास ‘अन्त्यहीन अन्त्य’ मा विवाह जस्तो गम्भीर कुरालाई पनि आÇना पढे लेखेका सन्तानको इच्छा नै नबुझी हठपूर्वक लिइएको अभिभावकको निर्णयले उनीहरूको जीवन कति त्रासद बन्दै जान्छ भन्ने समस्यालाई देखाइएको छ । यसमा पुंसत्वहीन पुरुषस“ग विवाहिता जीवन बिताएको नाटक गरेर बा“च्नु परेको नारी व्यथा अझ चर्काे रूपमा आएको छ । यिनै समस्या चौथो उपन्यास ‘सम्झौता’ मा पनि केही फरक सन्दर्भका साथ आएका छन् । तेस्रो उपन्यास ‘निष्कर्ष’मा भने नेता पुत्रको फु“डो स्वभाव र यौनका निम्ति उसले गर्ने नारी अपहरण, सामूहिक बलात्कार र नारीलाई मारेर फालि दिनेसम्मको चरम बर्बर चरित्रलाई देखाइएको छ । त्यस्तो परिस्थिति व्यहोरेर पनि भयभीत नभई निरन्तर सङ्घर्षशील रहेर अपराधीलाई सजाय दिलाउन सक्ने नायिका इलाको निर्माण यहा“ गरिएको छ । तेस्रो र चौथो उपन्यासमा समाज शास्त्रीय चेतना अघिल्ला दुईमा भन्दा बढी देखिएको छ । तर कलात्मक शिल्प संश्लेषण अघिल्ला दुईमा भन्दा दुर्बल पाइन्छ । प्रस्तुतिको प्रवाहमयता दोस्रोमा जस्तो पहिलोमा पनि पाइन्न ।

पहिलोमा बाहेक तिनै उपन्यासका नायिकाहरू आफ्नो प्रतिकूल परिस्थितिलाई किनारा लगाउन समर्थ भएका छन् । दोस्रो उपन्यासकी शोभाले आफूले चाहे जस्तो नया“ जीवन सुरु गरेको जनाएकी छ । चँैथो उपन्यासकी उत्तमाले पनि एक किसिमको सम्झौतामा पुगेर आफ्नो नया“ जीवन सञ्चालन गर्दै छ । तेस्रो उपन्यासकी इलाले आफ्नो शत्रुलाई ठेगान त लगाएकी छ तर उसको सङ्घर्ष बाबु विहीन छोरालाई लिएर अझै कायम छ । पहिलो उपन्यासका विधवा अनिता र सम्बन्ध विच्छेद गरेर बसेकी उसकी दिदी सुरीताको जीवन पनि सामाजिक परम्परा विरुद्ध सङ्घर्षशील नै छ । यसरी सबै उपन्यासका नायिकाहरूले पितृसत्ताको बर्बरतापूर्ण सञ्जालको शिकार बन्नु परे पनि त्यसप्रति घु“डा टेक्ने वा आत्म समर्पण गर्ने काम नगरी निरन्तर आफ्नो बुद्धि वर्गत र परिस्थितिले भ्याउने तहसम्मको सङ्घर्ष गरी नै रहेर त्यसको प्रतिरोध गरेका छन् । अन्ततः उनीहरूको सङ्घर्षले अपराधीलाई पराजित गर्ने र समाजको यथास्थितिमा परिवर्तन गरिनु पर्ने परिस्थिति बन्दै गएको छ । यसले उनीहरूको नारी अस्मिता अक्षुण राख्ने प्रयत्न सफल तुल्याउ“दै ल्याएको छ । यो नै सामाजिक दायित्व बोध सहित लेखिएका विचार प्रधान यी उपन्यासहरूको महत्तम प्राप्ति हो ।

प्रमुख सन्दर्भ ग्रन्थ:-

कस्तवार, रेखा (२००९), स्त्री चिन्तनकी चुनौतिया“, प्रथम आवृत्ति, नयी दिल्ली ः राज कमल प्रकाशन प्रा.लि. ।

कात्यायनी (२०४९), महिला मुक्ति आन्दोलन, (अनु. मदन मोहन जोशी) चितवन ः जोसिलो प्रकाशन ।

केशरी, गीता (२०६०), निष्कर्ष, ? ः पन्त स्मृति प्रतिष्ठान ।

थसोन (२००९), “फेमिनिस्ट क्रिटिसिज्म” क्रिटिकल थ्योरी टुडे, न्यु वोर्क ः रोथलेडजे, नेपाल आवृत्ति ।

पाण्डे, सीता (२०५६), अन्तद्र्वन्द्व, काठमाडौ“ ः प्रवेश प्रकाशन ।

पौडेल, विष्णु प्रसाद (२०६९), नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रूप, पोखरा ः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।

भट्टराई, शोभा (२०५८), अन्त्यहीन अन्त्य, दो.सं., काठमाडौ“ ः प्रतिभा प्रकाशन ।

भण्डारी, भाषा (२०६०), सम्झौता, काठमाडौ“ ः विवेक सिर्जनशील ।

वालेस, एलिजावेथ कोवालेस्की (सन्१९९६), इन्साक्लोपिडिया अफ फेमिनिस्ट थ्योरी, लन्डन ः रुटलेज ।

स्पेन्सर सारोन (१९९१), “फेमिनिस्ट क्रिटिसिज्म एन्ड लिट्रेचर” अमेरिकन राइटिङ टुडे सम्पा. रिचर्ड केस्टिनजेट, न्यूयोर्क ः द हिस्टन पब्लिसिङ कम्पनी ।

paudel.vishnu@yahoo.com

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।