सार
यात्रा साहित्य अन्तर्गत पर्ने प्रस्तुत कृति नारी स्रष्टा शारदा शर्माको विगत दुई दशकदेखिका यात्रानुभूतिहरूको स“गालोका रूपमा केही समय अगाडि बजारमा आएको छ । यसमा नेपालका सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्मका महत्त्वपूर्ण हिमाली र पहाडी भूभागका आठ वटा स्थलमा गरिएका यात्रानुभवहरूको बयान गरिएको छ । यस क्रममा यात्राकर्मीले देखे भेगेका परिदृश्यस“गै आप्mना विभिन्न विचार र अनुभूतिहरू अनि तद्स्थानीय समाज र समकालीन नेपाली राष्ट्रिय परिवेश पनि यहा“ सान्दर्भिक तुल्याएर प्रकट गरेको पाइन्छ । त्यसैको लेखाजोखा यस लेखका विभिन्न शीर्षकमा गर्दै यसलाई नारी स्रष्टाबाट सिर्जित नेपाली यात्रा साहित्यको एउटा महत्त्वपूर्ण कृतिका रूपमा निर्धारण गरिएको छ ।
मुख्य शब्दहरू ः भुइ“फुलको देश, यात्रा निबन्धरनियात्रा, यात्रा साहित्य, खप्तड, कर्णाली, मुक्तिनाथ, घान्द्रुक, पोखरा, शिवपुरी (काठमाडौं), जिरी र पाथीभरा ।
१. विषय परिचय
शारदा शर्मा (२०१५) नेपाली कविता, कथा र यात्रा साहित्यमा कलम चलाउ“ने समकालीन महŒवपूर्ण नारी साहित्यकर्मीमध्येकै एक हुन् । “पूजा” पत्रिकामा “नहार्ने योद्धालाई मेरो बधाइ” (२०३९) शीर्षकको कविताबाट आफ्नो औपचारिक साहित्यिक यात्रा थालनी गरेपछि यिनले ‘सीमान्त अनुभूति’ (२०४४), ‘युद्धोपरान्त’ (२०४९) र ‘स्वर्णसूत्र’ (२०५३) कविता सङ्ग्रह, ‘आस्थाको भग्नावशेष’ (२०४८) कथा सङ्ग्रह, विश्वेश्वर प्रसाद कोइरालाका नारीपात्र (२०५३) समालोचना, अग्निस्पर्श (२०६३) मुक्त आलेख र ‘भुइ“फुलको देश’ (२०६८) यात्रा अनुभूति सङ्ग्रह प्रकाशित गरि सकेको पाइन्छ । २०६८ साल साउन १८ मा पहिलो संस्करणका रूपमा आएको ‘भुइ“फुलको देश’ ४० दिन पछि नै (२०६८ भदौ २१ मा) पुनः मुद्रित भएर पाठकहरू विच आफ्नो लोकप्रियता प्रमाणित गरि सकेको छ ।
‘भुइ“फुलको देश (यात्रा निबन्ध)’ डिमाइ साइजका २५६ + क–ङ पृष्ठमा विस्तारित छ । यस कृतिको वर्णको आकार केही मसिनै (१२ फ्रन्टका ?) छन् । यो नेपालका यात्रा योग्य केही ठाउ“हरूको यात्रा वर्णनमा आधारित छ । यसमा जम्मा ११ वटा यात्रा संस्मरणहरू वा निबन्धहरू रहेका छन् । तिनलाई विभिन्न शीर्षक र उपशीर्षकहरूमा व्यवस्थापन गरी यहा“ प्रस्तुत गरिएको छ । प्रस्तुतिको क्र्र्र्रम पहिला पश्चिमको यात्राबाट थालनी गरेर क्रमशः पूर्वतर्फ लागिएको छ । आकारका दृष्टिले तेस्रो (फेरि कर्णालीकै कुरा) र सातौं (घान्द्रुकमा बाल साहित्य) जम्मा चार चार पृष्ठका छन् । यीमध्ये तेस्रो नियात्रा नभई काठमाडौंमा गुरुकुलले देखाएका नाटकहरूको विषयस“ग सम्बन्धित छ । यसको सान्र्दिर्भकता दोस्रो (कर्णाली कथा) स“ग छ । किनभने त्यो नाटक पनि कर्णाली कै सपनामा आधारित थियो । त्यस्तै सातौ“ रचना पनि छ्रैटा“ै (घान्द्रुक पुग्दा) स“गै सम्बन्धित छ । वास्तवमा यी दुबै अघिल्ला रचनाहरूकै परिपूरक अंश जस्ता देखिएका छन् । यस्तै मुक्तिनाथको यात्रास“ग सम्बन्धित चौथो (मुक्तिनाथमा पहिलो पल्ट) र पा“चौ“ (फेरि मुक्तिनाथमा) रहेका छन् । तर चौथोमा जोमसोमबाट मुक्तिनाथसम्मको विषय बयान छ भने पा“चौ“मा पोखराबाट जोमसोमसम्मको यात्राको विषयलाई सविस्तार प्रस्तुत गरिएको छ । त्यसपछिको मुक्तिनाथसम्मको अंशलाई छोट्याएर प्रस्तुत गरिएको छ । अघिल्लो विषयकोे पुनरावृत्ति नरहोस् भन्ने सचेतता यसमा रहेको छ । यसरी हेर्दा यहा“ खप्तड, कर्णाली, मुक्तिनाथ, घान्द्रुक, पोखरा, शिवपुरी (काठमाडौं), जिरी र पाथीभराको यात्रास“ग सम्बन्धित जम्मा आठ वटा यात्रा अनुभूतिस“ग सम्बन्धित रचना रहेका छन् । यीमध्ये खप्तड, कर्णाली र ताप्लेजुङ्को यात्रा बाहेक अरू बेला बेलामा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएको पाइन्छ । यिनै पूर्व प्रकाशित र अप्रकाशित रचनाहरूको स“गालोका रूपमा प्रस्तुत कृति आएको छ ।
२. अध्ययन विधि
प्रस्तुत लेख सम्बन्धित कृतिको अन्तरङ्ग विश्लेषणमा केन्द्रित रहेको छ । यहा“ सामग्री पुस्तकालय विधिबाट सङ्कलन गरिएको छ भने सामग्री विश्लेषणमा विविध विधिको उपयोग गरिएको छ । यसमा यात्रा निबन्ध वा यात्रा साहित्यका आधारभूत कुरालाई ख्याल गरी त्यसैका आलोकमा कृतिका अन्तरङ्ग विशेषता वा प्रवृत्तिहरूको आ“कलन गरिएको हु“दा यो लेख मूलतः निगमनात्मक ९म्भतभगअतष्खभ० विधिमा आधारित छ । अनि प्रवृत्तिहरूको पुष्टिका लागि कृतिमा रहेका तथ्यहरू खोज्ने र त्यसको सान्दर्भिक व्याख्या प्रस्तुत गर्ने काम पनि भएको छ । त्यसैले यसमा तथ्यहरूको अन्वेषण, तिनको वर्णन र विश्लेषण विधिको उपयोग पनि छ । अर्थात् आंशिक रूपमा आगमनात्मक ९क्ष्लमगअतष्खभ० विधिको पनि उपयोग गरिएको छ ।
३. यात्रा निबन्धको सैद्धान्तिक सन्दर्भ
निबन्ध भनेको गद्य भाषाका माध्यमबाट सामान्यतया एकै बसाइमा पढ्न सकिने गरी सर्जकका विचार वा भावना वा आत्मानुभूतिलाई कलात्मकताका साथ अभिव्यक्त गर्नु हो (उपाध्याय, २०३४ ः १८२) । यसमा निबन्धकारको वैयक्तिकता अरू विधामा भन्दा बढी सहजताका साथ प्रकट हुन सक्छ । यात्रा साहित्यको विकास शुद्ध निबन्धहरूको शैलीबाट भएको मानिन्छ (रघुवंश, २०२० ः ५१२) । यात्रा निबन्धमा पनि शुद्ध निबन्धका माथि भनिएका कुरा रहन्छन् तापनि कतिपय कुरा यसमा भिन्न पनि हुन्छन् । जस्तै यात्रा निबन्ध वा नियात्राको विषय कुनै विशिष्ट यात्रा योग्य स्थान हुन्छ । त्यहा“को भौगोलिक, प्राकृतिक, सा“स्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक जस्ता स्थूल र सूक्ष्म परिवेशस“ग नियात्राकारको गहिरो अभिरुचि र तिनमा देखिने उल्लेख्य पक्षलाई आफ्नो विचार वा अनुभूति संश्लेषण गरी यसमा प्रस्तुुत गरिएको हुन्छ । यसको प्रस्तुुति धेरैले संस्मरणात्मक ढङ्गमा गर्दछन् भने केहीले प्रत्यक्ष बयानका रूपमा प्रस्तुत गरेको पनि पाइन्छ । तर दुबैमा लेखकीय स्व वा आत्माको प्रकटीकरण रहन्छ । विषय वर्णनको रोचकता, कुतूहलता र मनोहरिता यहा“ आवश्यक भए पनि त्यो कोरा वर्णन विवरणमा मात्रै सीमित हुनु हुन्न (रघुवंश, २०२० ः ५१२) । सामान्यतया यसको आयातन एकै बसाइमा पढेर सकिने हुन्छ । धेरै तन्किन थाल्दा फेरि यो निबन्धको निकट नरही यात्रा विवरण÷यात्रा वृत्तान्त÷यात्रा संस्मरण÷यात्रा अनुभूति÷यात्रा साहित्य बन्न थाल्दछ । गन्तव्यको दुरी अनि यात्राकारको सौन्दर्य सचेता र असचेतताले पनि यसमा प्रभाव पारेको हुन्छ । यात्रा विवरण÷वृत्तान्तका अपेक्ष्ाँ यात्रा निबन्ध÷नियात्रामा वा निबन्ध निकटको यसको स्वरूपमा सौन्दर्यको घनत्व बढी रहन्छ । किनभने यसमा यात्रा कालीन स्थूल, इतिवृत्तमूलक शब्दाङ्कन मात्रै नभई त्यतिखेरका विशिष्ट क्षण र प्रभावोत्पादक पक्षहरूको भावात्मक अभिव्यक्ति रहन्छ । जे होस् यात्रा साहित्यमा यात्राकार केन्द्रमा रहेर पनि यात्राको स्थान, त्यहा“का विविध दृश्य वा परिवेश नै बढी मुखरित भएको हुनु पर्दछ । त्यसको प्रस्तुतिमा रोचकता र दृष्टिमा मौलिक खोज आवश्यक हुन्छ (श्रेष्ठ, २०४० ः २०७) । एकै किसिमका सन्दर्भहरूको मात्रै पुनर्कथन गरिनु हुन्न । यसको रचना विधान भने धेरै लचिलो देखिन्छ ।
समग्रमा भन्दा स्थान विशेषको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक जस्ता स्थूल र सूक्ष्म परिवेशलाई गहन निरीक्षण गरी प्रवाहपूर्ण भाषाले तथ्याश्रित दृश्य चित्र प्रस्तुत गर्नु, त्यसमा प्रस्तोताका अन्तर संवेगका रसायनहरू वा अभिमतहरू पनि प्रचुर रहनु, त्यस्ता दृश्य शृङ्खलाहरूलाई कुनै आख्यान वा सम्बन्ध सूत्रमा उन्दै लानु र तिनमा तद्देशीय जीवनका साथै समग्र मानवजीवनको कुनै एउटा पाटोलाई प्रतिध्वनित गर्ने अन्तर्दृष्टि मुखरित भइ रहनु यात्रा निबन्धका वा नियात्राका खास पहिचान हुन् । यसमा रहेको अन्तर दृष्टिलाई पाठकले पढेर सम्मति जनाउन सकोस् भन्नका लागि पनि प्रस्तोता तथ्यपरक, तटस्थ, तार्किक र कथन कला सामथ्र्य भएको पनि हुनु पर्दछ ।
४. नेपाली यात्रा निबन्ध परम्पराको रेखाङ्कन
मानव सभ्यताको थालनीस“गै मान्छेको यायावर स्वभाव देखिएको हो । त्यसलाई साहित्यमा प्रस्तुत गर्ने काम पनि पूर्व तथा पश्चिम दुबैतिर प्राचीन कालबाटै हु“दै आएको पाइन्छ । दुबैतिर विश्व प्रसिद्ध यात्रा वृत्तान्त देखिएका छन् । चिनका कन्फुसस (५५१–४७९इ.पू), फाइयान (यात्राकाल ३९९–३४०इ.) र ह्वेनसाङ (यात्राकाल ६८६–७०२ इ) को यात्रा रचना अझ प्राचीन मानिन्छन् (प्रधान, २०५५ ः ६७५) । संस्कृत भाषाका कालिदासका सबैजसो कृतिहरूमा वा वाणका रचना (हर्षचरित, कादम्बरी) हरूमा पनि अनेक देशीय वर्णन उपलब्ध छन् । नेपाली भाषामा पनि उपलब्ध प्राचीन ग्रन्थहरूमध्ये १५५० सालतिरको ‘राजा गगनी राजको यात्रा’ पहिलो यात्रा कृतिका रूपमा देखिएको छ । कर्णाली प्रदेशतिरका राजाको यो स्वदेश यात्रा वृत्तान्त हो । लेखक अज्ञात रहेको यस लेखोटमा राजाले प्रजाको दैलोदैलोमा गरेको यात्रा र त्यस क्रममा स्थापित राजकीर्ति अङ्कित छ (प्रधान, २०५५ ः ६७६) । यसपछि अज्ञात लेखकको ‘जङ्ग बहादुरको बेलायत यात्रा’ (१९१० सालतिर), चिरन्जीवी शर्माको ‘युरोप यात्रा’ (१९६७), शेरसिंह राणाको ‘मेरो लण्डन राजतिलक यात्रा’ (१९७०), लैनसिंह बाङ्देलका ‘युरोपको चिठी’ (२०१४), ‘स्पेनको सम्झना’ (२०२०) र ‘मुलुक बाहिर र म’ (२०६.), पूर्ण प्रसाद ढुङ्गेलको ‘मेरो जुम्ला यात्रा’ (२०२०), ताना शर्माको बहु चर्चित ‘बेलायततिर बरालि“दा’ (२०२६) आदिका यात्रा साहित्य, नियात्रा वा यात्रा निबन्धहरू प्रकाशित हु“दै आएका छन् । २०२० को दशकपछि केदार मणि आ.दी., जनक लाल शर्मा, देवीचन्द्र श्रेष्ठ, यादव खरेल, पूर्ण प्रकाश नेपाल यात्री, रमेश विकल, काजी रोशन, घनश्याम राज कर्णिकार, रुद्र बहादुर खत्री, मञ्जुल, गङ्गालाल उप्रेती, डा. रवीन्द्र पाण्डे, युवराज नयाघरे, कृष्ण प्रसाई, राम प्रसाद पन्त, ध्रुवचन्द्र गौतम, भीष्म उप्रेती, गोविन्द भट्टराई, प्रतीक ढकाल प्रभृति यात्रा साहित्यकार वा नियात्राकारहरू देखिएका छन् । पछिल्ला लेखकहरू निकै चर्चित पनि बनि रहेका छन् । साझा प्रकाशनका बढी विक्री हुने पुस्तकमा प्रतीक ढकालका यात्रा साहित्य रहेको पनि बुझिन्छ । तर यात्रा साहित्यकारहरूमा नारीहरूको उपस्थिति भने नगण्य जस्तै रहेको छ । यही पृष्ठभूमिमा शारदा शर्माको पुस्तकाकारको यात्रा साहित्य ‘भुइ“फुलको देश’ आएको छ ।
५. भुइ“फुलको देश कृतिको अध्ययन
प्रस्तुत कृतिमा सुदुर पश्चिम नेपालका खप्तड र कर्णाली हु“दै पूर्वी नेपालको ताप्लेजुङसम्मका यात्रानुभूतिहरू ११ भागमा विभाजित गरेर प्रस्तुत गरिएको छ । भूमिकाका रूपमा अगाडि “प्रस्तावना” भाग पनि छ । यसमा लेखकका आप्mनो लेखनका बारेमा निकै गहकिला दृष्टिहरू प्रस्तुत गरिएको छ । यसबाट कृति र कृतिकारका बारेमा निकै महत्त्वपूर्ण जानकारी प्राप्त हुन्छन् । कृतिलाई “यात्रा निबन्ध” भन्ने किटान गरिए पनि आयामका दृष्टिले ती कतिपय (१,२, ५ र ११) एकै बसाइमा पढेर सकिने छैनन् । त्यस्तै कतिपय (४ र ५) मा स्थूल वर्णन, विवरणको मात्रा केही वढी र एकै भावको पुनर्कथन पनि पाइन्छ । त्यसैले कतिपय रचनाको आयामगत र सौन्दर्य चेतनाका दृष्टिले निबन्ध निकट नरहेका देखिन्छन् । त्यसैले यसलाई यात्रा निबन्ध भन्दा यात्रा संस्मरण वा यात्रा वृत्तान्त वा यात्रानुभूति वा यात्रा साहित्य भन्नु बढी व्यवहारिक हुने देखिन्छ । कतिपय रचनामा निबन्धको शास्त्रीय स्वरूपमा सङ्गति कम देखिए पनि तिनमा साहित्यिक महत्ताको अभावै भने पाइन्न । सामथ्र्यशाली स्रष्टाले विधाका शास्त्रीय विधि विधानलाई भत्काउने साहस पनि गरि रहेका हुन्छन् । त्यसले नै विधाको स्वरूपलाई बढी लचिलो तुल्याउ“दै लान्छ । उत्तर आधुनिक लेखनमा यो प्रवृत्ति अझ बढी देखिन्छ । ‘भुइ“फुलको देश’ मा उत्तर आधुनिक दृष्टिकोण पनि नरहेको त होइन तर त्योभन्दा पनि यसमा यात्रा क्रममा देखिएका वा भोगिएका परिस्थितिलाई इमान्दारिताका साथ आप्mना अनुभूतिमा रङ्ग्याएर प्रकट गर्ने प्रचेष्टा भने प्रचुर पाइन्छन् । यस क्रममा अन्य शास्त्रीय विधि विधानको हेक्का त्यति नहुनु स्वाभाविकै देखिन्छ ।
विवेच्य कृतिलाई अनेक कोणबाट मसिनिएर अध्ययन गर्न सकिने भए पनि यहा“ कृतिमा देखिएका केही महत्त्वपूर्ण पक्षहरूको मात्रै क्रमशः छानबिन गरेर निष्कर्षमा पुग्ने काम गरिन्छ ।
५.१ वैचारिकता
प्रस्तुत कृतिको एउटा महत्त्वपूर्ण पक्ष वैचारिकता हो । यो कुनै विचार वा सिद्धान्त वा दर्शन निरूपणमा केन्द्रित रहेको कृति नभए पनि यसमा ठाउ“ ठाउ“मा प्रासङ्गिक वैचारिक टिप्पणीहरू आएका छन् । तिनले सचेत पाठकलाई निकैै तान्दछन् र कृतिको गुणवत्तालाई पनि तिनले निकै उकासेका छन् । यो स्थिति कृतिको आदिदेखि अन्त्यसम्म ठाउ“ ठाउ“मा भेटिए पनि प्रस्तावना, खप्तडका फुलहरू, कर्णालीको कथा, फेरि मुक्तिनाथमा, घान्द्रुक पुग्दा र पाथीभरामा दशैं शीर्षकका प्रस्तुतिमा बढी पाइन्छन् । जस्तै –
“सिर्जनाको अहङ्कार भ्रमै भए पनि बडो आनन्ददायी अनुभव हो जीवनको ।” (पृ.क)
“हृदयका अनुभूतिहरू सधै तथ्य र तथ्याङ्कले प्रमाणित गर्न सकिन्नन् ।” (पृ.ख)
“जीवनका चुनौतीपूर्ण स्थितिहरू आ“खा चिम्लेर सामना गर्न झन् गाह्रो हुन्छ ।” (पृ.ग)
“सत्यलाई निर्वाङ्ग लेख्न सक्तैन क्यारे मान्छेले, जोखिमपूर्ण हुन्छ त्यो ।” (पृ.ङ)
“जीवनको हरेक स्थिति प्रभु प्रदत्त हो । त्यो प्रभु को हो मलाई थाहा छैन, तर जुन दिनदेखि त्यसका प्रति सचेत भए“, जीवन सजिलो भयो ।” (पृ.ङ)
प्रस्तावनामा आएका उक्त कथनले मूलतः सर्जकको सिर्जनाप्रतिको आकर्षण, तथ्यले प्रमाणित गर्न नसकिने अनुभूूतिको अमूर्तता, सिर्जनामा देखिने भाषा र सामाजिक, सा“स्कृतिक परिवेशका कारण देखिने सीमाजस्ता कुरा एकातिर आएका छन् भने अर्कातिर जीवनका चुनौतीलाई आ“खा खोलेर आत्मसाथ गर्नु पर्छ भन्ने राय (तेस्रोमा) रहेको छ तर पछिल्लोमा जीवन सङ्ग्राम पारपाइ नसक्नु भएको हु“दा भाग्यवाद वा प्रभुको शरणमा पुगेर विश्रान्तिको अनुभूति लिन खोजिएको छ । यो दोहोरो मनोदशा यहा“ ठाउ“ ठाउ“मा देख्न सकिन्छ । कृतिले शाश्वत सत्य भन्दा पनि सापेक्षित वा व्यावहारिक सत्यलाई उजागर गरेको छ । “पृथ्वीका प्रायः सबै नै सत्य सापेक्षिक सत्य हुन् ।” (पृ.२२२) भन्ने किटान यहा“ रहेको छ । व्यवहारिक सत्य अस्थिर छ । व्यक्ति, वर्ग, समुदाय, सम्प्रदाय, क्षेत्र, संस्कृति जस्ता अनेक कुराका सापेक्षतामा त्यसलाई हेरिनु पर्दछ भन्ने भाव यहा“ भेटिन्छ (पृ.११८)। फेरि मुक्तिनाथ जाने क्रममा शर्माको भनाइ छ– “महभिर भन्ने ठाउ“मा आइपुग्दा अघिल्तिर बडो सुन्दर हिमाल देखा प–यो र हामी गद्गद् भयौं ।”(पृ.११८) तर यहा“का मान्छेलाई न त हिमालको नाम थाहा थियो न त त्यसको सौन्दर्यप्रति नै चासो । जीवनमा न्यूनतम आवश्यकता पूर्ति गर्न धौ धौ हुनेहरूमा मात्रै यस्तो स्थिति रहेन । “भौतिक आवश्यताका निम्ति कुनै चिन्तै गर्न नपर्नेहरूमा पनि यो निरपेक्षता मैले अनुभव गरेकी छु ।” (पृ.११८) यस्तै अर्को उदाहरण छ– वर्षको एक दिन मात्रै फुलेर ओइलाउने आप्mनो गमलाको एउटा फुल हेर्नलाई आपूmले कार्यालयमा छुट्टी लिएर बसे पनि त्यसले आप्mना सहयात्री नरहरिलाई प्रभाव पार्न सकेन र आप्mना साना छोरीहरू त झन् त्यसलाई टिपेर किचिमिचि पार्न उद्यत रहे (पृ.६१ र ६२) । यही नेर शर्माको स्पष्ट कथन छ “सौन्दर्य आफै पनि त निरपेक्ष्ँ हु“दैन ।” (पृ.६२) यति मात्रै होइन एकै व्यक्तिका लागि पनि “एउटै वस्तु भिन्न भिन्न अवस्था र मनस्थितिमा हेर्दा घरी अतीव सुन्दर लाग्छ भने घरी अत्यन्त असुन्दर पनि लाग्छ ।” (पृ.११८) अझ स्पष्ट पार्र्दै भनिएको छ – एउटै प्रश्नको उत्तर फरक परिवेश, स्तर, मूल्य, दृष्टिकोण र अपेक्षा अनुरूप फरक हुन सक्छ । तिनमा विरोधाभासपूर्ण स्थिति पनि रहन सक्छन् । “तर ती सबै आ–आफ््््ना ठाउ“मा सही नै हुन्छन् ।” (पृ.१३१) अतः गलत र सही नै के हो भन्ने सीमारेखा फेला पार्न गाह्रो छ । त्यसैले मान्छेको आफ्नो विवेक नै सबैभन्दा ठूलो प्रमाण हो । (पृ.१३१) यसबाट सत्य एक नभई बहुल छ≤ अन्तिम सत्य अनिर्णित छ भन्ने उत्तर आधुनिक दृष्टिकोण पनि यहा“ अभिव्यङ्ग्य भएको छ । यस्ता प्रसङ्ग अन्यत्र पनि ठाउ“ ठाउ“मा पाइन्छन् (पृ. १३९, १७२) ।
“खप्तडका फुलहरू” मा खप्तड बाबाको विचार विज्ञानका कथनको सार झिक्दै भनिएको छ–
“विचारका परमाणु पदार्थ र शक्तिका परमाणुभन्दा धेरै शक्तिशाली र तीव्र छन् । ती तरङ्गमा यात्रा गर्छन् । मनमा राम्रो विचार ल्याउन सके व्यक्तिको मात्र होइन, उसको सान्निध्यमा बस्ने सबैको कल्याण हुन्छ ।” (पृ.३०) विचारको सही प्रयोगले जे पनि गर्न सकिन्छ । राम्रो विचारस“ग प्रशस्त परिश्रम र उद्योग नगरी फल प्राप्ति हुन सक्तैन, निष्काम कर्मभन्दा राम्रो विचारले हामीलाई सिद्धि, शक्ति, प्रतिष्ठा र प्रभुत्व दिनेछ । विचार बलबाटै आत्मज्ञानी बनेर मान्छेले यसै जीवनमा अमरत्व प्राप्त गर्न सक्छ (पृ.३०) । सद्विचारदेखि निर्विचार तर्फको यात्रा मानवीय लक्ष्य हो (पृ.३) । आदि ।
यही पृष्ठभूमिमा “हामी अरूका कारणले नभएर आप्mनै कमसल विचार र त्यसबाट उत्पन्न कमजोर आचरणका कारणले नै गरिब छौं ।” (पृ.३७) भनिएको छ । यस्तै विचारबाट निर्विचार सामान्य मानिसलाई बढी सहज भए पनि सचेत मानिसलाई त्यति सहज होइन भन्दा भन्दै पनि ठाउ“ ठाउ“मा विचारलाई शून्य चिन्तन तिर तान्दै लगिएको पनि पाइन्छ । अगाडिको महभीरबाट देखिएको सुन्दर हिमालको प्रसङ्गलाई सापेक्षित सौन्दर्यको तहमा अथ्र्याए पछि भनिएको छ–
हाम्रा आआप्mना मापदण्ड अनुसार राम्रा भनिएका वस्तुलाई नजिकैबाट खोज्न खोतल्न थाल्ने हो भने यहा“ केही पनि भेटिंदैन । सम्भवतः भौतिकताबाट उत्पन्न भएर अभौतिकतालाई स्पर्श गरेको मनको अत्यन्त संवेदनशील अवस्थामा मात्रै हुन्छ सौन्दर्य । अमूर्त हुन्छ, त्यसैले त्यो न हिमालमा हुन्छ, न जूनमा, न पूmलमा । प्रेम भनेको पनि सम्भवतः सौन्दर्य चेतनाकै निष्पत्ति हो । केटाकेटीमा मलाई मान्छे चिरेर हे¥यो भने उसले अनुभव गर्ने सबै आनन्द, रमणीयता र देख्ने गरेका सबै सुन्दर सपनाहरू शरीरभित्र देख्न सकिन्छन् जस्तो लाग्थ्यो । यी केही देखि“दैनन् भन्ने थाहा पाएको दिन भने बडो निराश भएकी थिए“ म । (पृ.११८)
भ्रमबाट मुक्त हु“दा पनि व्यक्ति निराश हुनु भनेको पिलो निचोरेर पूरै सफा गरी सक्दा हुने क्षणिक पीडा जस्तै हो । त्यो रिक्तता विस्तारै सुखमा परिणत हुने वा भनौं दुखबाट मुक्त हुने अवस्था नै हो । एउटा सबैजसोले देखे भोगेको परिदृश्यमा रहेर यति धेरै विचारको घनत्व पस्कन सक्नु वा सौन्दर्य विषयगत नभई विषयीगत हो भन्ने सिद्ध गर्नु शर्माको लेखकीय क्षमताको राम्रो परिचायक हो ।
यस्तै घान्द्रुक जाने क्रममा केही बाटो हि“डेपछि गर्मी भएर आपूmले लगाएका न्याना लुगा पछि आफैलाई बोझ भएर फुकाल्न थाले पछि वस्तुको उपयोगिता अवस्था अनुसार हुने आशय राख्दै थप भनिएको छ–
कठिनता र सजिलो भन्ने स्थिति पनि आÇनो शारीरिक क्षमता र मानसिक चेतनाको स्तरमा भर पर्ने कुरा रहेछन् । साक्षीभावको साक्षात्कार गर्न सकेकाहरूले नजिकैबाट हेर्दा दुख, दुख जस्तो लाग्दैन र सुख, सुख जस्तो पनि लाग्दैन भन्छन् । वास्तवमा यी हाम्रा धारणाका कुरा हुन् र जीवनका स्वाभाविक सामान्य प्रक्रियाका रूपमा हाम्रा अघिल्तिर उपस्थित छन् । संसार त्याग गरेर गेरु बस्त्र धारण गरेका बुद्धहरू सम्राट् बनेका छन् । संसार बिजय गरेका वैभवशाली सम्राट्हरू भोका भिखारी भएर मरि रहेछन् । हामी जस्ता सामान्य मान्छेलाई भने जीवनका ससाना व्यवहारिक कुराहरूले विचलित बनाइ रहन्छन् । शारीरिक धर्मद्वारा हामी पूर्णतः शासित छौं । त्यसैले त हामीलाई घरी गर्मी हुन्छ उखरमाउलो र घरी जाडो हुन्छ । लुगा फुकाल्दै र लगाउ“दै गर्दा गर्दै जीवन छुटेको पत्तै हु“दैन हामीलाई ।” (पृ.१७२—७३)
त्यति सामान्य क्रियालाई यति गहिरो विचारले बुनेर यहा“ प्रस्तुत गरिएको छ । जोगी सम्राट् र सम्राट् जोगीमा परिवर्तित हुने परिस्थिति सङ्केत गर्दै दुखसुखको भावमुक्त अवस्था वा विचार निर्विचारमा साटिने अवस्था अनि शरीर धर्मीको अर्थहीन जीवन वृत्ति यहा“ ध्वनित भएको छ ।
त्यस्तै माथिबाट निश्चित टुङ्गोमा पुग्ने भनी हुत्तिएर आएका मानिसहरूलाई देखेर “लक्ष्य बनाउनेहरू आप्mनो सम्पूर्ण उर्जालाई केन्द्रित गरेर एउटै दिशामा एकाग्र हन्छन् ।” (पृ.१७३) तिनलाई बाटाका अन्य परिदृश्यहरूको कुनै चासो हुन्न । “तीस“ग प्र्रकृतिको विस्मयकारी छटा हेरेर आश्चर्य प्रकट गर्ने फुर्सद हु“दैन । संसारमा पूर्ण लक्ष्य रहित भएर हि“ड्दा सामाजिक जीवन अस्तव्यस्त बन्छ र छिरलिन्छ ।” (पृ.१७३) तर लक्ष्यमै पुगि सकेपछि पनि के हाम्रो लक्ष्य टुङ्गिन्छ र ? जबसम्म हामीमा शरीर, मन र विचार हुन्छ तबसम्म हामी लखेटिइ रहेका हुन्छौं । हाम्रै विचारले हामीलाई लखेट्छ । त्यसैले लक्ष्यको टुङ्गो व्यावहारिक जीवनमा कहिल्यै लाग्दैन । (पृ.१७३) भन्ने जस्ता असीम जीवनका सीमाहीन गन्तव्य बोध गराउने विचार व्यक्त भएका छन् ।
यस्तै घँन्द्रुकको उकालो उक्लने क्रममा अर्को ठाउ“मा भनिएको छ–
वास्तवमा सांसारिक जीवन भनेको वासनाकै आगो त हो । यही आगोले मान्छेलाई शक्ति पनि दिन्छ र ध्वस्त पनि पार्छ । जति इच्छाहरू बलशाली हुन्छन् तिनको परिपूर्ति गर्ने आकाङ्क्षामा हामी विवेक गुम्ने सीमासम्म पनि निरन्तर सम्मोहित हुने गर्र्छौं । मन नै शक्तिको सबैभन्दा ठूलो स्रोत हो जीवनमा । त्यसैले होला, मन सम्मिलित नभएका कोरा शारीरिक क्रियाकलापमा सौन्दर्य र शक्ति दुबै क्षीण हुने गर्दछ । मन समाप्त भएपछिको अवस्थामा भने मान्छेले हिड्नु पर्ने कुनै यात्रा बा“की रह“दैन । (पृ.१७७)
शरीरमा मनको प्रभुत्वपूर्ण भूमिका रहने कुरालाई यस अगाडि पनि प्रसङ्वश प्रस्तुत गरिएको छ (पृ.१२२) ।
यस्तै विकट क्षेत्रमा प्राकृतिक सौन्दर्यलाई देखेर शर्मामा एकातिर ती सौन्दर्य सबैलाई सहजै देखाउन सक्ने यातायातको व्यवस्था मुलुकमा गर्न पाए हुन्थ्यो भन्ने हुट्हुटी चलेको छ भने अर्कातिर अरूले नहेरि दिएर वा अरूको अनुमोदन नपाएर तिनलाई के नै फरक पर्छ र ? मान्छे जस्तो विज्ञापित भएर अहङ्कारी बन्ने चरित्र त तिनको होइन नि भन्ने तार्किक विश्लेषण पनि आएको छ (पृ.६१) ।
त्यस्तै लेक लागेर आपूm विरामी भएपछि हुन थालेको पीडा बोध÷मृत्यु चेतना (“मेरो मृत्यु यही हुनु छ भने त्यो हामीले टारेर टर्ने कुरा थिएन” पृ.१०१)≤ जीवनप्रतिको मोह (“कुनै पनि मान्छेका निम्ति आप्mनो जीवनभन्दा महत्त्पूर्ण कुरा अर्को केही पनि हु“दैन । संसारस“ग जोडिने माध्यम हाम्रो शरीरै त हो† अन्यथा के प्रयोजन यी अनुभूतिको, सुखको, सम्बन्धको के अर्थ ?” पृ.१०५)≤ भौगोलिक र प्राकृतिक परिवेशको आकर्षण र विकर्षणस“ग जीवनको सादृश्यता (“उकालो, आरालो, भिरालो, समतल, सुन्दर, असुन्दर, सजिलो, अप्ठेरो बाटो जस्तै त हो हामीले भोग्ने जीवन पनि” पृ.१३९)≤ गतिशील समय अनुरूप जीवनको परिवर्तन (“समय अनुसार परिवर्तनलाई आत्मसात गरेर अघि बढ्न सकिएन भने समयले हाम्रो औचित्य पनि क्रमशः समाप्त गरि दिनेछ ।” पृ.१३८) कतिपय कुरा पढेर भन्दा पनि समयबाट सिकिने अवस्था (पृ.१४३), अप्राप्तिमा मात्रै त्यस वस्तुप्रति मानिसको आर्कषण (पृ.१५१), मान्छेको प्रयोग धर्मी स्वभाव (पृ.१५२), विराट् प्रकृति सामु मान्छेको भुसुनोपन र पनि आफैंलाई केन्द्रमा राखे हेर्ने मानिसको अहंकार (पृ.१६५), जीवनको अप्रत्यासित समाप्ति (पृ.१६६), आस्था र अनास्थाका भेल (पृ.१९८), रजनीशको जीवन धारा (पृ.१९८ र ३०८), सौन्दर्यपूर्ण जगत्को निर्माताप्रतिको विस्मय (पृ.१९९), गतिशील संसारको व्याख्या (“संसार भनेको जीव, निर्जीव र त्यसलाई नष्ट गर्ने तŒवहरूको सक्रियता मात्रै हो । हामीले यतिखेर आपूm उभिएको ठाउ“मा आ“खा चिम्लेर आजको पचास वर्षपछि यसै स्थानको स्वरूप मात्रै पनि कल्पना ग¥यौं भने आश्चर्यमा पर्ने छौं ।” (पृ.२२०), मान्छेले बाहिरी शिखरभन्दा आप्mनो मनभित्रको शिखरको गर्नु पर्ने खोज (पृ.२१६) जस्ता प्रासङ्गिक वैचारिकता कृतिका ठाउ“ ठाउ“मा पाइन्छन् । यस्ता सान्दर्भिक र प्रासड्डिक वैचारिकताले कृतिमा गहन ओज थपेको देखिन्छ ।
कृतिको प्रस्तावनाको अन्त्यमा जीवनका हरेक स्थिति प्रभु प्रदत्त भनिए पनि परम्परित सोझो धार्मिक आस्था कृतिकारमा पाइन्न । सहस्रलिङ्ग, मुक्तिनाथ र पाथीभराको दर्शन वा तीर्थाटन कुनै भाकल वा कामना राखेर गरिएको देखिन्न । त्रिवेणीको दर्शनपछि मनले चिताएको पुग्छ भन्ने धार्मिक आस्था रहेपनि शर्मा त्यसमा विश्वस्त देखिन्नन् । त्यसो हो भने बारम्बार त्यहा“ आइ रहने राजा वीरेन्द्रले चिताएको पुग्यो त भन्ने उनको प्रतिप्रश्न देखिएको छ (पृ.२४) । यस्ता स्थूल अन्ध विश्वासमा विमति रहे पनि फेरि आधारभूत वैचारिकताको निष्कर्ष भने अध्यात्मवादी वा प्रभु प्रदत्त नियतिवाद नै देखिएको छ । जुन कारणले मर्न लेखेको छ सोही हुन्छ (पृ.१०१)≤ संसारको नियति मान्छेको प्रयत्नले तलमाथि हुने होइन (पृ.१३८)≤ “अध्यात्म चेतना बिना समाजको कुनै पनि व्यक्ति बलियो हुन सक्तैन ।” पृ.१४१) जस्ता कथनले त्यसैको पुष्टि गरेका छन् ।
५.२ समाजको निरीक्षण
नेपालको खप्तडदेखि पाथीभरासम्मको पहाडी र हिमाली भूभागमा विस्तारित यस यात्रा साहित्यमा तद्देशीय नेपाली समाजलाई पनि सूक्ष्मताका साथ निरीक्षण गरिएको देखिन्छ । समाजका भौगोलिक, प्राकृतिक, सा“स्कृतिक, आर्थिक, शैक्षिक आदि अनेकन पक्ष्ँलार्ई यसमा प्रस्तुत गरिएको भए पनि मुख्यतः निम्न पक्ष्ँ यहा“ बढी पाइन्छन् ।
५.२.१ पुरुष प्रवृत्ति
नेपाली समाज पुरुष प्रधान छ । यहा“का पुरुषहरू घर बाहिरका शारीरिक तथा सामाजिक कार्यहरूमा बढी खट्ने गर्छन् । घर परिवार र समाजमा मुख्यतः उनीहरूकै नियन्त्रण रहेको हुन्छ । अशिक्षित र परम्परित अन्ध विश्वासले जकडिएको पहाडी तथा हिमाली भूक्षेत्रका विशेषतः आर्य वा खस जातिहरूमा यो प्रवृत्ति बढी पाइन्छ ।
कृतिका अनुसार सुदुर पश्चिमतिर कामको खोजीमा धेरैजसो लोग्ने मानिस भारत जाने (पृ.७), फर्केर आउ“दा कतिपयले एड्स बोकेर आउने (पृ.३३), विदेश नगएकाहरू बिहानै उठेर टाइम पासका लागि भनी तास फिटेर बस्ने (पृ.३४), हिमाली भेगमा चिसो लाग्छ भनी धेरै रक्सी धोक्ने (पृ.३२), बाटो घाटो ढुकेर बस्ने, घरेलु काम प्राय नगर्ने (पृ.४९), धेरै स्वास्नी ल्याउने र तिनलाई काममा जोताउने, चिसो लागेकी स्वास्नीलाई भा“डा माभ्mन लगाएर आपूm अगेनामा बस्ने (पृ.५१), बेलैमा भट्टी पसलमा जम्मा भएर जा“ड रक्सी खाने, परस्त्रीलाई वासनात्मक दृष्टिले हेर्ने (पृ.१४८) जस्ता हीनतर प्रवृत्ति बढी देखिएका छन् ।
५.२.२ नारी समस्या
समाज पितृसत्ता प्रधान हुनु र पुरुषहरूका हीनतर प्रवृत्तिले गर्दा नै नेपाली समाजमा प्रशस्त नारी समस्या देखिएका छन् । तिनलाई यस कृतिमा प्रसङ्गवश ठाउ“ ठाउ“मा प्रस्तुत गरिएको छ । विशेषतः पहाडी तथा हिमाली भूभागमा सानै उमेर (१२÷१३ वर्षमा) मा छोरीको बिहे गरि दिने (पृ.३३), बिहे पछि स्कुलको पढाइ छुट्ने, अनि छोरीबाट आइमाईमा परिणत हुने र घरेलु धन्दामा नै समय बिताउनु पर्ने, पुरुषहरू विपन्नता तथा राजनीतिक द्वन्द्वका कारण घर नबस्ने हुु“दा घर र खेतबारीको काम पनि आफै गर्नु पर्ने, विदेशबाट एड्स सङ्क्रमित भएर फर्केका लोग्नेबाट एड्स रोगी बन्ने, बाटो घाटोमा गहनापात लगाएर हि“ड्न नहुने, दिनभरिको मेलापात धाए पनि नुन खोर्सानीस“ग सुख्खा रोटा खाएर छोराछोेरीलाई छाती चुसाउनु पर्ने, पाठेघर झर्ने समस्याले पनि उत्तिकै ग्रस्त देखिने (पृ.७१), खुलेर बोल्न नहुने, बोलेमा उत्ताउली ठान्ने (पृ.५८), लोग्नेको पछि लागेर हिड्नु पर्ने (पृ.६२), छोरीलाई महत्त्व नदिने, ६÷६ वटी छोरी भए पनि छोेरै कुर्ने (पृ.३३), कतै बहुपत्नी भएर बस्नु पर्ने (आर्य वा खस जातिमा), कतै बहुपति थामेर बस्नु पर्ने (मंगोलियन जातिमा, पृ.९८), स्याहार सुसारको अभाव र कुपोषणका कारण खिनौरा र थोरै उमेरमा पनि बुढा देखिने, बाटा घाटामा पुरुषको वासनात्मक सिकार हुने र घरेलु हिंसा पनि व्यहोर्नु पर्ने, बिरामी भएपनि घा“सपातका लागि खटिनै पर्ने (पृ.१६२) जस्ता परिस्थितिहरूको बयान यहा“ ठाउ“ ठाउ“मा पाइन्छ । जुम्लाका नारीहरूकोे दुर्दशापूर्ण जीवन देखेपछि त्यसलाई पहाडमा भारी बोक्ने खच्चडको भन्दा पनि हीनतर ठान्दै लेखिएको छ–
जुम्लाका स्वास्नीमान्छे र खच्चडको जिन्दगीमा के भिन्नता ? उस्तै दुब्ला, भाव नभएकोे अनुहार, उस्तै बोझ कामको । ऐया भन्नु पनि छैन, न आÇनै शरीरको हेरविचार, नराम्रो खाना, न स्वास्थ्य उपचार । अर्कैको इसारामा अर्कैका इच्छामा दुई चार वटा माला भिरेर निरन्तर मसिन जस्तो काम गर्नु । आइमाईले त अझ खच्चडले भन्दा थप छोराछोरी जन्माउने काम पनि भ्याउनु पथ्र्याे । जुम्लामा महिलाको औसत आयु ३७ वर्ष मात्रै छ भनेर यहीं कसैले भनेको सुन्दा मलाई आश्चर्य लाग्यो । ३७ वर्ष पनि कहीं मर्ने उमेर हो र मान्छेको ? (पृ.६५)
पिछडिएका भूभागका नारीको मात्रै समस्या नभई शर्मा स्वयं आफैले पनि आमा भएका नाताले छोरीप्रतिको आप्mनो जुन संवेदनशीलता रह्यो त्यो आÇनै पतिको पनि रहेन भन्ने गुनासो प्रकट गरेको पाइन्छ (पृ.४२) । त्यस्तै पढेलेखेका सचेत समुदाय पनि अझै अरूले देख्ने गरी परम्परित रूपमा नारीले गर्र्दै आएका भा“डा माझ्ने, कपडा धुने जस्ता काम गर्न तत्पर हुन्नन् भन्ने यथार्थ टिप्पणी पनि गरिएको छ (पृ.५१) ।
५.२.३ विपन्नता÷विद्रूपता
नेपाल सिङ्गो राष्ट्र नै विपन्नता र विद्रूपताले भरिएको छ । त्यसमा पनि यो स्थिति पहाडी र हिमाली भूभागमा बढी छ । अशिक्षा र अज्ञानताका कारण यहा“ प्रशस्त परम्परित अन्ध विश्वासहरू रहेका छन् । तिनको प्रसङ्गवश यस कृतिमा उल्लेख पाइन्छ । धेरै जसो ठाउ“मा स्वास्थ्यप्रतिको असचेतता, फोहरै फोहरले भरिएको परिवेश, नाकमा सिंगान र अनुहारभरि माखै माखा भएका केटाकेटीको अवस्था, भान्सा कोठामा पनि झिंगाको र दुर्गन्धको आतङ्क, महिनौ“ ननुहाई बस्ने प्रचलन, बर्सौ सफा नगरिएका बिस्तारा, कुकुर र मानिसले खाने एउटै सिलबटको थाल, कर्णाली माथिको तुहिनबाट तरेर स्कुल जानु पर्ने बाल बालिकाको स्थिति (पृ.७३), खाली खुट्टा हि“डेपनि घा“टीमा टाई बेरेका निजी विद्यालयका बाल बालिका (पृ.७२), जुम्लीहरूको सेता चामलप्रतिको अनावश्यक मोह, घन्टा“ै लाइनमा बसेर बल्लतल्ल किनेर ल्याएको चामल पनि रक्सी बनाएर नष्ट गर्ने प्रवृत्ति (पृ.४६), जहाज नपाएर धेरै दिनदेखि भुइ“मा पल्टेका बिरामीहरू र माथि खात परेको धुलो, पूर्वतिर बसको क्षमताभन्दा तिन गुणा बढी यात्रु लिएर हिड्ने प्रचलन, त्यहा“ आइमाई केटाकेटी, रोगी र बृद्धहरूको दुर्दशा (पृ.२४९), जताततै जा“ड रक्सीको आतङ्क, तराईमा देखिएको सुकुम्बासीहरूको समस्या (पृ.५) जस्ता कुरा यहा“ आएका छन् । यस्ता कुराले नेपाली समाजको विपन्नता वा विद्रूपतालाई नै देखाउ“दछन् । यस्तै अर्को एउटा अंश–
यो (कर्णाली) भेकमा भेटिएका केही गाउ“मा छिर्दा भने गहिरो दुखको अनुभव गरे मैले । यी गाउ“मा गाउ“को आकर्षण थिएन, न सौन्दर्य थियो त्यहा“ न गति । ठिङ्ग उराठ लाग्दो, रङ रोगन नभएका फुसका घर र गोठ थिए । मरन्च्या“से वस्तुभाउ बाधेका थिए कतै कतै । न पिंढी, न लिपेको आ“गन, न करेसाबारी, न कतै हरियाली । घर रु“गेर बसि रहेका काममा जान नसक्ने कमजोर बुढाबुढी रित्ता भावशून्य आ“खाले टुलुक्क हेर्थे हामीलाई र हा“स्न खोज्थे (पृ.४७) ।
झिंगाले अनुहार छोपिएका, मैला चिथ्रा लुगा लगाएका, कुपोषणले ग्रस्त कर्णालीका यी केटाकेटीको जीवन सम्झ“दा भने कहाली लाग्यो मलाई । अभाबको विकट चक्रबाट निस्कन सक्लान् के यिनीहरू ? अनेक समूह र समुदायले खसहरूस“गको असन्तुष्टि पोख्तै आआÇना निम्ति राज्य र हक माग्दै गरेको यस बखत खसका यी अबोध र निर्दोष सन्ततिहरूको हक कसले मागि दिने होला भनेर निकैबेर त्यही भीरमा टोलाइ रहे म । (पृ.६८)
यहा“ नेपाली समाजको विपन्नता र विद्रूपता मात्रै प्रकट नभई त्यसप्रति लेखकीय तीव्र संवेदनशीलता र चिन्ता प्रकट भएको छ ।
५.२.४ नैतिक ह्रास
गाउ“मा विपन्न मानिस अशिक्षित र बेरोजगार भए पछि अनेक अनैतिक कर्ममा उन्मुख हुने परिस्थिति बन्छ । त्यसमा परम्परित धार्मिक नैतिक बन्धन पनि भत्काएर मानिसहरू झन् झन् अनैतिक बन्दै गएका, हतियार सहित बाटोघाटो ढुकेर बस्न थालेका, आइमाईका गरगहना पनि लुट्न थालेका (पृ.२३), चोरी ड“कैती र आतङ्क बढ्दै गएको, पुरुषहरू घरको काम नगरी तास खेल्ने, जा“ड रक्सी खाने, नारीहरूलाई पिर्ने जस्ता हीनतर कर्ममा उद्यत रहेका, ठूला ठूला भवन बाटो घाटो निर्माणमा पनि कमिसन तन्त्रकै जगजगी रहेको, तपस्वीको भूमि खप्तड पनि करोडौंको आर्थिक अनियमिताले डामिएको (पृ.२२), व्यापारी व्यवसायीहरूमा पनि ग्राहकलाई लुट्ने मात्रै सोच रहेको जस्ता अनेक परिस्थिति देखाएर समाजमा ह्रास हु“दै गएको नैतिक परिस्थितिलाई यहा“ देखाइएको छ ।
५.३ राजनीतिक पीडा
प्रस्तुत कृतिमा २०५० पछिको लगभग २ दशकको समय रहेको छ । यही समयको नेपालको सही दिशा पैल्याउन नसकेको पीडापूर्ण राजनीतिक परिवेश यहा“ आएको छ । कृतिमा मुख्यतः द्वन्द्व कालीन समयमा देशमा छाएको माओवादी आतङ्क प्रस्तुत गरिएकोे छ । त्यो आतङ्कको केन्द्र मूलतः नेपाली कांग्रेसका कार्यकर्ता र सामान्य जन हुनु परेको देखाइएको छ । ठाउ“ ठाउ“मा नेपाली कांग्रेसका कार्यकर्तालाई माओवादीले वीभत्स ढङ्गमा हत्या गर्ने, यातना दिने, हात खुट्टा भा“चि दिने, उनीहरूको घरवास कब्जा गरेर उनीहरूलाई लखेट्ने जस्ता प्रसड्डहरू पनि यहा“ आएका छन् । जस्तै–
तरुण दलमा हु“दा उहा“लाई माओवादीले दिएको कष्टको बयान गर्दा मेरो आङ नै सिरिङ्ग भयो । छपनी ढुङ्गाले थिचेर हातखुट्टा थिलो थिलो पारी छाला काडेर छाडेका रहेछन् । औषधि गर्नसम्म जान दिएका थिएनन् रे । (पृ.५०)
केही दिनअघि पारि लान्द्र्रूकका आसपासमा एक जनाको खुट्टै काटि दिएछन् माओवादीले । मलाई छक्क लाग्छ, मान्छे मान्छेकै प्रति यति नृशंस, यति क्रूर कसरी हुन सक्छन् ? माओवादीका भयावह क्रियाकलाप सुन्दा र छापामा पढ्दा मात्रै पनि म स्तब्ध हुन्छु । प्रज्ञावन्तहरूले चेतनालाई आमूल परिवर्तन निम्ति क्रान्तिको सूत्र भन्ने गरेका छन् । गरिब, निहत्था, निरपराध नागरिकको जघन्य हत्या गरेर माओवादीले ल्याउने भनेको आमूल परिवर्तनको प्राथमिक पहलका कुरा मैले कसैगरी बुभ्mन सकेकी छैन (पृ.१७९) । यस्तै पृ.१२८ र १२९ मा पनि ।
घान्द्रुककी बृृद्धा हजुर आमाको कथन छ–“आप्mनो मान्छेलाई जोगाएर लैजा नानी । अचेल माओवादीले कांग्रेस देखे काट्छ ।” (पृ.१८४)
नेपाली भूमिमा पानीसरी बगेको जनताको रगतको मूल्य के थियोे ? इतिहाका सामु यो प्रश्नको उत्तर प्रचण्ड र बाबुरामले मात्रै होइन, माओवादीलाई निरन्तर हिंसाका निम्ति प्रोत्साहित गर्नेहरू लगायत, यो मुलुकमा आपूmलाई जनताका प्रति उत्तरदायी छु भन्नेहरू सबैले कुनै न कुनै दिन दिनै पर्ने छ । (पृृ.१२९)
यस्तै गाउ“ गाउ“मा अशिक्षित, अल्लारे, बेरोजगार युवाहरूको हातमा बन्दुक पु¥याएर आपूm खुशी लुट्न प्रेरित गर्ने (पृ.१२९), गरिब जनताका पक्षमा लड्छु भनी तिनै जनतालाई मार्ने अङ्गभङ्ग गर्ने (पृ.१२८), अराजकता वा आतङ्क मच्चाउने माओवादी पक्ष र जनताकै राजश्वमा पालिएका सैनिकलाई जनताको संरक्षणमा उतार्न नसक्ने सरकार अनि डोल्पाको दुनै काण्डमा उदासीन सेनाको व्यवहारप्रति पनि शर्माको प्रचुर आक्रोश प्रकट भएको छ (पृ.१८२) । यस्तै सार्वजनिक यातायातका साधनमा बम प्रहार गर्ने (पृ.३६), बारम्बार जनसमुदायलाई आतङ्कित तुल्याउने, देश राज्यशून्य अवस्था जस्तो देखिने, मानिसहरू “राज्य शून्य भएको यो राष्ट्रमा अब कति साध्ये लाग्छ डराएर ? जहा“सम्म पुग्दा बा“चिन्छ, बा“चिन्छ । आÇनो काम त गर्नै प¥यो, पेट पाल्नै प¥यो ।” (पृ.३६) भनेर सक्रिय हुनु परेको मर्मलाई पनि यहा“ प्रस्तुत गरिएको छ ।
यस्तै देशभरि आप्mना कार्यकर्ता र समर्थकहरूप्रति भएको बर्बर आक्रमणप्रति बेखबर जस्तो भएर रहेको नेपाली कांग्रेस पार्टी र त्यसका आन्तरिक गुट उपगुटको अर्थहीन कलह अनि तारे होटेलको विलासिताबाट पनि शर्मा निकै क्षुब्ध देखिन्छिन् (पृ.१८५) । आपूm स्वयं कांग्रेसजन भए (पृ.१८५) पनि कांग्रेसहरूको भ्रष्ट चरित्रप्रति शर्माको लेखनी पक्षपातपूर्ण मौनता साधेर बसेको छैन । त्यस्तै समाजका अन्य सचेत भनाउ“दा वर्गप्रति पनि प्रश्न गर्न पछि परेको देखिन्न । जस्तै–
घटनाक्रमहरूको सूक्ष्म अवलोकन गर्दा, माओवादीहरूको आधार इलाका रोल्पा र डोल्पा नभएर हाम्रै भ्रष्ट चरित्र र आचार व्यवहार हो भन्ने कुरामा पनि शङ्का गर्ने ठाउ“ म देख्दिन“ । यो दोषका निम्ति मुलुकको सरकारले सबैभन्दा ठूलो जिम्मेवारी लिनै पर्छ तर यस निम्ति सत्तामा भएका वा नभएका नेता, कार्यकर्ता, कर्मचारी, ठेकेदार, शिक्षक, वकिल, डाक्टर, पत्रकार, इन्जिनियर, दातृसंस्था, सल्लाहाकार, बुद्धिजीवी आदि सबै टाठाबाठा जान्ने सुन्ने सुविधा भोगीहरू कम दोषी छैनन् । (पृृ.१८३)
यस्तै “मधेशलाई मात्रै अलग्याएर छुट्टै प्रदेश बनाउने भन्ने कुरा चाहिं जसको स्वार्थमा भए पनि नेपाल राष्ट्र र मधेसी जनताको स्वार्थमा हो भन्ने चाहिं कहिल्यै लागेन मलाई ।” (पृ.७) भन्ने भनाइ वा करिब सात लाख बाहुन क्षेत्री र साढे तिन लाख जति लिम्बूहरू भएको ताप्लेजुङ जिल्लामा स्थानीय लिम्बूहरूले सो जिल्लालाई लिम्बूवान राज्य घोषणा गरेकोमा वा मुलुकको जातीय परिस्थिति राम्ररी आकलन नै नगरी जातीय राज्यको घोषणा गर्ने अदूरदर्शी राजनीतिप्रति शर्माको गम्भीर तार्किक विमति प्रकट भएको छ (पृ.२३२–३३) । यस्तै अहिलेसम्म खस जातिले नै राज्यको हलिमुली गरे भन्ने एकथरी तारे होटेलमा पहुच राख्ने व्याख्याताहरूलाई खस जातिको आदि भूमि (सुदूर पश्चिम र कर्णाली) का धेरै जसो क्षेत्रका खसहरूको सीमान्तीकृत अवस्था पनि नियाल्न आग्रह गरिएको छ (पृ.४८,६८ र २३२) । साथै सत्ताकोे केन्द्र नजिक हुने जुनसुकै जाति वा समुदायले मात्र त्यो सुविधा उपभोग गरेका छन् भन्ने व्यवहारिक तथ्य प्रस्तुत गरिएको छ (पृ.४८) ।
कृतिको आदिदेखि अन्त्यसम्म नै देशमा दूरदर्शी र परिपक्व राजनीतिक संस्कार विकास हुन नसकेकोमा प्रशस्त गुनासो, असन्तोष र आक्रोश पनि पाइन्छ । जब जब स्थान विशेषमा समृद्ध स्रोत भएर पनि त्यहा“का जनताको जीवन स्तर सीमान्तकृत देखिन्छ अनि त्यस किसिमका भावहरू कृतिमा बढी प्रकट भएका छन् । लोकतन्त्र आएपछि पनि पार्टीहरूमा इच्छाशक्तिको अभावका कारण नेपाली युवाहरूको श्रम र शक्ति खेर गइ रहेको, माओवादी लडाकाहरू पनि वर्षौंसम्म शिविरमा समय गुजारेर मात्रै बसेका, अन्य युवाशक्ति पनि निरुद्देश्य भौतारि रहेका, राजनैतिक नेतृत्वले तिनलाई सही ठाउ“मा परिचालन गर्न नसकेको (पृ.६ र ४३), सङ्घीयतालाई सस्तो नाराका रूपमा मात्रै हेरिएको, कर्णालीको आवश्यकतालाई ख्याल नगरी काठमाडौ“को सोचले अर्थहीन योजना बन्ने गरेका (पृ.५२) जस्ता समकालीन नेपाली राजनीतिका समस्याहरू प्रस्तुत गरिएको छ ।
यी बाहेक नेपाली कांग्रेस पार्टीभित्र देखिएका अव्यवस्था र खस्कि“दो नैतिकताप्रति कार्यकर्ताहरूले गरेका रुखा टिप्पणी र गुनासाहरू पनि यहा“ ठाउ“ ठाउ“मा आएका छन् (पृ.३५, १८५ र २५५) । सबै पार्टीको गलत गतिविधिले गर्दा लोकतन्त्र आएको यतिका वर्ष हु“दा पनि जनताले त्यसको अनुभूति गर्न नपाएका (पृ.६), सामान्य मान्छेलाई नेता भनेको स्वार्थी, भ्रष्टचारी जस्ता घृणा जनाउने शब्द लाग्न थालेको (पृ.२५५), नेपाली राजनीतिले सही दिशा समात्न नसकी झन् झन् कुरूप बनि रहेको कटु तर यथार्थ परिस्थितिलाई पनि यहा“ सङ्केत गरिएको छ ।
५.४ दृृश्यात्मकता
यात्रा साहित्यको यो महत्त्वपूर्ण पक्ष हो । प्रस्तुत कृतिमा नेपालको सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्मका पहाडी र हिमाली भूभागमा जटिल र मनोरम भौगोलिक तथा प्राकृतिक परिदृृश्यहरू ठाउ“ ठाउ“मा बयान गरिएको पाइन्छ । खप्तड, कर्र्णाली, मुक्तिनाथ, घान्द्रुक, शिवपुरी, जिरी, पाथीभरा जस्ता क्षेत्रका वा ती क्षेत्रमा पुग्ने क्रममा यात्रामा देखिएका भौगोलिक, प्राकृतिक परिदृश्यहरूलाई यहा“ विशेष महत्त्वका साथ प्रस्तुत गरिएको छ । प्रस्तुति कतिपय ठाउ“मा मुभी क्यामराले खिचेका तस्विर जस्तै आकर्षक शब्दचित्रको पनि भेटिन्छ । यस्तो स्थिति विशेषतः वन जङ्गलमा फुलेको फुल र हरियालीको आकर्षक परिदृश्यस“ग सम्बन्धित देखिन्छन् । जस्तै–
दाउन्ने तिरको घुम्ती बाटो, रातो माटोमाथि सालका रुख म जति हेरे पनि अघाउन्न । गहिरा गल्छीको घुम्तीमा धँगेरीका राता पूmल, भीमसेन पाती जस्तो सेतै फुलेका तिल्काका बाक्ला रुख ...(पृ.४) ।
मोटरको तीव्र गतिस“ग पछाडि सर्दै गरेका बाटा छेउका बाक्ला जङ्गल, जङ्गलमा पहेलि“दै गरेका सालका पात, ठाउ“ ठाउ“मा सिसौका कलिलो ताजा हरियाली, हाइवे छेउछाउ प्याजी फुलको गन्धेझार, सिमलका काला बाङ्गा हा“गाहरूमा फुलेका राता राम्रा पूmल, आ“पका बोटमा लागेका कलिला मुजुरा .....(पृ.४)
यस्तै “मालिकाको मन्दिरबाट .....(पृ.१७–१८), हामी निकुञ्ज फर्केर आउ“दा ....(पृ.२८) हरियो वन रातो गुरा“सले ढकमक्क थियो, कताकतै ऐंसेलु थिए झ्याङ्हरूमा । ...(पृ.२१२) आदि ।
कृतिमा भौगोलिक परिदृश्य दिंदा मुख्यतः यात्राका क्रममा देखिएका उकाला बाटा, उच्च भूक्षेत्र, उच्च भूभागबाट देखिने तलमाथिका दृश्य शृङ्खला, हिम शृङ्खला, भीर, डा“डापाखाहरू नै रहेका छन् । यस्ता परिदृश्यस“ग लेखकीय अनुभूति पनि स“ग स“गै प्रकट भएका छन् ।
यस्तै प्राकृतिक दृश्यचित्र मात्रै नभई स्थानीय व्यक्तिहरूको पहिरन, उनीहरूको बोलीचाली र भाषिक स्वरूपलाई पनि ठाउ“ विशेषमा दुुरुस्तै उतार्ने काम भएको छ । जस्तै बाटामा १७ वर्षभन्दा तलका तर बिहे भइ सकेका सुदूर पश्चिम खप्तडतिरका केटीहरू भेटिए पछि तिनको पहिरन यसरी टिपिएको छ –
कानमा सानो रिङ्ग र सिलिमुन्द्री, नाकमा बुलाकी र बडेमाको सुनको बुट्टे फुली, घा“टीमा टपक्क हुने गरी पोतेको कण्ठी लगाएका, मोटा लामा पोतेका झुप्पा गलामा झुन्डि रहेथे सबैका । (पृ.१२)
पोइलो गयापछि (विहे भएपछि) कहा“ जान्या इस्कुल ? घरमा काम गन्र्या कि इस्कुल जान्या ? भैंसी कल्ले हेन्र्या ? पानी कल्ले बोक्न्या ? (पृ.१२)
यसरी यात्राका क्रममा देखिएका विभिन्न स्थितिलाई शब्द चित्रमा उतार्न सक्नु यस यात्रा साहित्यको अर्को महत्त्वपूर्ण पाटो बनेको छ ।
५.५ संवेगात्मकता÷अनुभूतिमयता
शर्माले कृतिको प्रस्तावनामा जनाए अनुसार नै यहा“ यात्राका क्रममा देखे भोगेका विषयलाई लेखकीय संवेग÷अनुुभूूतिमा रङ्ग्याएर नै प्रस्तुत गरिएको छ । विचार वा अनुभूति शून्य, वर्णन विवरण यात्रा साहित्यमा त्यति महत्त्वका पनि हु“दैनन् । यात्रा क्रममा देखिएका कतिपय सङ्कटग्रस्त परिस्थितिप्रति शर्माको वैचारिक विश्लेषण पाइन्छ भने कतिपय अवस्थाप्रति लेखकीय संवेगपूर्ण सहानुभूतिशीलता पाइन्छ । यही कारण शर्मा कतिपय ठाउ“मा आक्रोशित हुने र कतिपय ठाउ“मा बढी संवेगपूर्ण अवस्थामा पुग्ने वा रुने गरेको पनि पाइन्छ । माथि चर्चित धेरै प्रसङ्गमा यी कुरा आइ सकेका छन् ।
५.६ सरल र सूक्तिमय भाषा
प्रस्तुत कृतिको धेरैजसो भाषा छोटा छोटा वाक्यले बनेको छ । अर्थ बोधका दृष्टिले यसमा साहित्यिक बक्रताको जटिलतामा खासै अलमलिनु पर्दैन । केही सीमित कथन सुन्दर उक्तिका रूपमा पनि रहेका छन् । जस्तै–
“मन डुबाएर माया गरेका कतिपयले नविर्सिने चोट दिए । पराइ भनेका कतिपय आफन्त भन्दा निकट भए” । (पृ.ङ)
“मेरो मनभित्र खुम्चिएर बसेको कल्पनाको कर्णाली जुर्मुराउन थाल्यो ।” (पृ.४५)
“म भने भित्र बाहिर जताततै कर्णालीमय भएकी थिए ।” (पृ.७९) आदि ।
कृतिका कतिपय ठाउ“मा कविता अंशहरू सान्दर्भिक बनाएर प्रयोग पनि गरिएको छ । यति भएर पनि सरलताभित्र अझ सरसता वा साहित्यिक सहज लालित्य अनि प्रचुर सूक्तिमयताको अपेक्षा पाठकलाई रहन्छ ।
५.७ अन्य
प्रस्तुत कृतिमा नेपालको सौन्दर्य र कुरूपता दुबै देखाइएको छ । सौन्दर्य प्राकृत छ भने कुरूपता मानव सिर्जित छ । त्यो कतिपय नेपालीहरूको अशिक्षा, अज्ञानता र परम्परित सा“घुरो सोचका कारण छ भने कतिपय सचेत शिक्षित भएर पनि वैयक्तिक गुटगत र पार्टी स्वार्थका कारण देखिएको छ । कृतिमा यस्ता कुरूपता प्रशस्त देखिए पनि पाठकलाई पूरै निराशा सञ्चार गर्ने खालका भने छैनन् । समाजमा बाटोघाटो बन्नु, सञ्चार विस्तार हुनु, पत्रकारिता पेशाले व्यवसायिकताको आकार लिन थाल्नु, सामान्य मानिसमा पनि राजनीतिक सचेतता देखिन थाल्नु, स्थानीय समस्याको छिनोफानो आफै गर्न पाउनु पर्छ भन्नु (पृ.१६), नारीमा पनि आप्mना समस्या बोध हुन थाल्नु, अलिअलि भए पनि आप्mना समस्या भन्न थाल्नु, आफूप्रति भएको अन्यायमा मधुरै भए पनि आवाज उठाउन थाल्नु, बिहेपूर्व नै भए पनि स्कुल जान थाल्नु (पृ.३७ र ३८), अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाका भड्किलो पारा भए पनि समाजमा नारीको गर्भपतनको अधिकार, छोरीलाई अंश हक र घरेलु हिंसाको विरोध जस्ता कुरामा अर्थपूर्ण उपस्थिति देखाउनु आदि कुरालाई गतिशील समाजको सकारात्मक दिशाका रूपमा लिइएको छ । यस्तैै बेरोजगार युवाहरूलाई गलत तत्त्वले उपयोग गरेर समाजमा अराजकता सिर्जना नगरुन्, राष्ट्रप्रति जिम्मेवार पार्टी र संस्थाहरूले समयमै यस बारेमा सोचुन्, उनीहरूले सानोे स्वार्थका लागि राष्ट्रलाई नै गलत दिशातर्फ नधकेलुन्, लोकतन्त्र स्थापित भएको यतिका वर्षपछि पनि सानो कुरामा मानिसहरूले राजमार्ग अवरुद्ध गर्ने, नेपाल बन्द गर्ने, राष्ट्रको सम्पत्तिमा आगजनी गर्ने जस्ता आवेगी र अराजक काम नगरुन्, त्यसका लागि सचेत नागरिक सञ्जालले पनि दबाबको स्थिति निर्माण गरुन् भन्ने जस्ता सकारात्मक इच्छाहरू सान्दर्भिक तुल्याएर यहा“ प्रस्तुत गरेको पाइन्छ (पृ.२५५–५६) । यसले शर्माको आप्mनो देशप्रतिको गहिरो संवेदशीलता वा राष्ट्रप्रेमकै भावलाई ध्वनित गर्दछ ।
५.८ परिसीमाहरू
मानिस ईश्वर होइन । ऊ गल्तीहरूबाट सिक्दै जाने प्राणी हो । त्यसैले मानव सिर्जनामा कतै न कतै केही न केही परिसीमा पैलिन्छन् । व्यक्तिको आआÇना मूल्याङ्कनका फरक दृष्टिले पनि यस्ता परिसीमा देखिएका हुन सक्छन् । यस कृतिको सर्सर्ती अध्ययन गर्दा देखिन आएका परिसीमा निम्न छन्–
क. कृतिको अग्र आवरणमा रहेको तस्विर र कृतिको शीर्षक बिच तालमेल छैन । किनभने शीर्षकको प्रतीकात्मक अर्थले सिर्जनशील सीमान्तीकृत समुदाय भन्ने अर्थ पनि दिन्छ । त्यो शारदा शर्मा हुन सक्तिनन् । यहा“ कृतिमै बयान गरेका खप्तड र कर्णालीका ती वास्तविक भुइ“फुल र त्यहा“का बाल विवाहिता किशोरीहरूको तस्विर राखेर शर्माको तस्विर पछिल्लो भागमा दिन सकेका भए कृति धेरै आकर्षक बन्ने थियो ।
ख. राजनेताकी सह धर्मिणीको मात्रै नभई कुनै पनि स्रष्टाको आÇनो स्पष्ट राजनैतिक लगाब हुन सक्छ तर समर्थशाली स्रष्टा कुनै निश्चित पार्टीको आडमा उठ्न चाहन्न । ऊ कुनै पार्टी विशेषको मान्छे बन्न पनि चाहन्न (यद्यपि हाम्रा सबैजसो प्रगतिवादी साहित्यकारहरू पार्टी पक्षधरताकै वकालत गर्छन्) । ऊ त्यस देशका सबै मानिसको, अझ भनैं संसारकै सबै मानव समुदायको, त्यति मात्रै नभई अहिले त सबै प्राणी समुदायको हित चिन्तक बनेर देखिन चाहि रहेछन् । यस दृष्टिले हेर्दा यस कृतिका केही ठाउ“मा स्रष्टा त्यति सचेत पाइन्नन् । अर्को कुरा एउटा सामान्य मानिस वा लेखकले गर्ने यात्रानुभव र राजनीतिक पहुच भएको व्यक्तिस“गको यात्रानुभवमा ठूलै अन्तर हुन्छन् भन्ने कुराको बोध कृतिकै कतिपय परिसूचकले सङ्केत गरेका छन् । जस्तै हप्ता दश दिनदेखि बिरामीले जहाजको टिकट नपाई चिसो भुइ“मा धुलोले ढाकिएर बसेको परिस्थिति एकातिर छ भने अर्कातिर राजनीतिक पहु“चका कारण राजनेता र उसकी सहधर्मिणी लेखिकाको यात्रा सहजै सम्भव भएको छ । साच्चै जन सामान्यको व्यथा बुझ्ने हो भने जन सामान्य नै भएर यात्रा गर्न सके अझ मार्मिक र प्रभावशाली जीवन रहस्य पैल्याउन सकिन्थ्यो कि ?
ग. प्रस्तुत कृतिमा पहाडी तथा हिमाली क्षेत्रका दुर्दशापूर्ण नारी जीवनप्रति निकै सहानुभूति र संवेदनशीलता देखाइएको छ । नारीवादी स्वर पनि ठाउ“ ठाउ“मा मुखरित छ । तर कृतिको समर्पण पितालाई गरिएको छ । माताको कतै उल्लेख छैन । (तर शर्माबाट पछि थाहा भए अनुसार अघिल्लो कृति माताका लागि समर्पित गरिएको हु“दा यसमा पिताको मात्रै नाम रहेको बुझिन्छ । त्यस्तै यसको लोकार्पण पनि माताकै हातबाट भएको पनि थाहा भएको छ ।) नाम उल्लेखको कुरा स्रष्टाको रुचि र स्वतन्त्रताको विषय बन्ला तर अर्काे कुरा यहा“ आप्mनै सवर्गीय नारीलाई वैयक्तिक किटानीका साथ अप्रत्यक्षतः आक्षेपित पनि गरिएको छ । जस्तै कृतिमा ताप्लेजुङ्का कांग्रेस उपसभापतिले रक्सी र जुवाका बारेमा जोक सुनाउनु भयो भन्दै भनिएको छ–
शेर बहादुरजीले रक्सी छाड्छु भन्दा उहा“की श्रीमतीले उसो भए म तिमीलाई नै छाड्छु भनिन् रे । त्यसपछि उनलाई रक्सी नखाई धरै भएन रे ¤ कीर्तिनिधि विष्टलाई त्यसैगरी श्रीमतीले जुवा छाड्न दिइनन् रे । म छक्क परेर सुनि रहे“ । लाग्यो पुरुषका आप्mना कमजोरीका जिम्मा पनि तिनका निकटका महिलामाथि नै थुपार्ने तरिकाले जोक समेत बन्दा रहेछन् । (पृ.२३४–३५)
यहा“ शर्माको अभिप्राय नारीवादी नै देखिए पनि चर्चित व्यक्ति विशेषका सन्दर्भ उपयुक्त देखि“दैनन् । कसैले भन्ने कुरा त धेरै थरि हुन्छन् तर सर्जकको चयनात्मक सिप र दायित्व मूल कुरा हो ।
घ. यस कृतिको भाषा सरल, स्पष्ट र प्रवाहपूर्ण नै पाइन्छ तर सरलताभित्र सहज साहित्यिक लालित्य अझ थप्न सकेका भए भन्ने बोध ठाउ“ ठाउ“मा हुन्छ । कृतिको प्रस्तावनाको भाषामा जुन स्तरको साहित्यिक सन्तुलन सहितको कथन सामथ्र्य छ त्यो अन्यत्र त्यति देखिन्न । भाषिक कलाबाटै स्थापित हुन खोज्नेले त्यसमा चनाखो रहनै पर्ने हुन्छ ।
ङ. विचार र अनुभूति प्रवाहका दृष्टिले पनि कृतिका सबै रचनामा समान किसिमको सन्तुलन देखि“दैन । विशेषतः १, २, ५, ६ र ११ क्रमका रचनामा विचार र अनुभूतिको मात्रा जति सशक्त छ अरूमा त्यति पाइन्न ।
५.९ उपसंहार
— साहित्यकर्मी शारदा शर्माको विगत करिब दुई दशकदेखिका यात्रा अनुभूतिहरूको स“गालोका रूपमा आएको ‘भुइ“फुलको देश’ कृतिमा जम्मा ११ वटा सङ्कलन रहे पनि यात्रास्थलका दृष्टिले ती जम्मा ८ वटा मात्रै देखिन्छन् । तीमध्ये केही निबन्धको आयतनभन्दा निकै लामा छन् । त्यसैले प्रस्तुत सङ्ग्रहलाई यात्रा निबन्धभन्दा यात्रा अनुभूति÷यात्रा संस्मरण÷यात्रा साहित्य भन्नु बढी उपयुक्त देखिन्छ ।
— यस यात्रा साहित्यमा नेपालका पहाडी र हिमाली भूभागका आठ वटा (खप्तड, कर्णाली, मुक्तिनाथ, घान्द्रुक, पोखरा, शिवपुरी र पाथीभरा) स्थलहरूको यात्रानुभव बयान गरिएको छ । यसै क्रममा यात्रामा देखिएका वा भोगिएका परिस्थितिलाई विचार वा अनुभूति सहित सरल र स्पष्ट भाषामा प्रकट गरिएको पाइन्छ ।
— यात्राकै क्रममा समाजको निरीक्षण गर्दा विशेषतः पुरुषको हीनतर प्रवृत्ति, नारी जीवनको जटिलता, समाजको विपन्नता र विद्रूपता, त्यसकै पृष्ठभूमिमा देखिएको नैतिक ह्रास जस्ता पक्षहरू यहा“ एकातिर प्रकट भएका छन् भने अर्कातिर द्वन्द्व कालीन राजनीतिक पीडा, नेतृत्वको अदूरदर्शिता, लोकतन्त्र आएपछि पनि पार्टीहरूमा देखिएको सत्तालिप्सा, जनसमस्याप्रतिको उदासीनताका कारण जनसामान्यको राजनीतिप्रतिको वितृष्णा जस्ता कुरा सान्दर्भिक बनेर आएका छन् ।
— कृतिमा भौगोलिक, प्राकृतिक र सामाजिक परिदृश्यहरू पनि ठाउ“ ठाउ“मा शब्दचित्रद्वारा प्रस्तुत गरिएको छ ।
— यात्रा साहित्यका यस्ता अनेकन विशेषता यसमा रहे पनि कतिपय परिसीमा पनि देखिएका छन् ।
समग्रमा भन्दा प्रस्तुत कृति नेपाली यात्रा साहित्यको इतिहासमा नारी स्रष्टाको एउटा महत्त्वपूर्ण सिर्जनाका रूपमा देखिन आएको छ ।
मुख्य सन्दर्भ ग्रन्थ
उपाध्याय, केशव प्रसाद (२०३४). साहित्य प्रकाश. दोस्रँे सं., ललित पुर ः साझा प्रकाशन ।
प्रसाद, विश्वनाथ (सन् १९७३). कला एवं साहित्य ः प्रवृत्ति और परम्परा. पटना ः विहार हिन्दी ग्रन्थ अकादमी ।
प्रधान, भिक्टर (२०५५). “यात्रा (भ्रमण) साहित्य” नेपाली साहित्य कोश. ईश्वर बराल (प्रधान सम्पा.), काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ.६७३–६७७ ।
रघुवंश (२०२०). “यात्रा साहित्य” हिन्दी साहित्य कोश. धीरेन्द्र वर्मा (प्रधान सम्पा.), वाराणसी ः ज्ञान मण्डल लि., पृ.५१२–५१३ ।
शर्मा, शारदा (२०६८). भुइ“फुलको देश. काठमाडौ“ ः साङ्ग्रिला बुक्स ।
श्रेष्ठ, दयाराम र शर्मा मोहन राज (२०४०). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास. दो.सं., काठमाडौं ः साझा प्रकाशन ।
सिंहल, वैजनाथ (सन् १९८८). हिन्दी विधाए ः स्वरूपात्मक अध्ययन. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।
http://ne.wikipedia.org/wiki/lgaGw
http://hi.wikipedia.org/wiki/ljwf
http://hi.wikipedia.org/wiki/lgaGw
http://srrasta.blogspot.com/2008/01/blog-post_2573.html
paudel.vishnu@yahoo.com