जुटौं हामी गरिबको कुरा सुन्छौं भन्ने मान्छे
उठौं अब भत्किएको गारो बुन्छौं भन्ने मान्छे
आँधीहुरी भेल बाढी कत्ति खपौं हामी अब
छैनौं कोहि आँशुको त्यो भेल थुन्छौं भन्ने मान्छे
मुहारमा हाँसो खुशी हराएको धेरै भयो
गरौँ केही उत्साहको मार्ग चुन्छौँ भन्ने मान्छे
घाम जून साझा हाम्रो यो धर्ति नि पेवा हैन
सोचौं हामी सँगै बसी एक हुन्छौं भन्ने मान्छे
सयौं फूल बिसौं गरा बारी तर एकै होस
मिलौं सबै एकताको माला उन्छौँ भन्ने मान्छे
गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधाबी,युएई