जिन्दगीमा दुःख झेल्दै बाँचे सकेजति,
मुटुभित्र पीडा लुकाई हाँसे सकिजति ।
जिन्दगीमा दुःख झेल्दै बाँचे सकेजति
मुटुभित्र पीडा लुकाई हाँसे सकेजति ।
हृदय मेरा फाटी रहे तुन्छु भन्दा पनि,
टुक्राहरु संगालेर गाँसे सकेजति ।
नाता गाँसूँ भन्दा जिउने आधार लुटिएछन्,
तर पनि ज्यूने रहर साँचे सकेजति ।
मलम दिने घाउ छैन मुटु जलि रह्यो,
नमेटिने पीडाहरु मासे सकेजति ।
जिन्दगीमा दुःख झेल्दै बाँचे सकेजति,
मुटुभित्र पीडा लुकाई हाँसे सकिजति ।
दाङ