18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रुपिन्द्र प्रभावी ‘कटु’ June 3, 2012, 12:57 am

बालुवामा पानी हालेर के पो हुँदो रहेछ र

कुकुरलाई जुरुक्क उचालेर के पो हुँदो रहेछ र

यदि नयाँ केही बनाउन सकिँदैन भने

पुरानालाई मात्र फालेर के पो हुँदो रहेछ र

आकार दिनु पो रहेछ मुख्य कुरो त साँच्चै

आगो फुक्दै फलाम गालेर के पो हुँदो रहेछ र

फाटेको र ढाँटेको कुरो लुक्दैन भन्थे सबै

ढाकछोप गर्न ठाउँठाउँ टालेर के पो हुँदो रहेछ र

भीर खोज्दै हिँड्छ ऊ कति भन्नु रामराम पनि

हामीले मात्र सम्हालेर के पो हुँदो रहेछ र !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।