एकजना नेताको असामयिक निधन भएछ । १३ दिनसम्म स्वर्गीय नेताको देश विदेशमा चर्चा परिचर्चा चलिरहयो । कतिले उनको सम्झनामा विशेषाड्ढ निकाले त कसैले कार्यक्रम नै कार्यक्रमको आयोजना गरिरहे । नामै नसुनेका संस्थाहरु पनि यसै अवधिमा जन्मे र आप्mनो पहिचान कायम गराउन सफल भए । कतिपय सञ्चार माध्यमलाई गजवको मसला मिल्यो भने कसैलाई अर्थ संकलन गर्ने राम्रो अवसरको रुपमा रह्यो । स्वर्गीय नेताप्रति प्रशंसारुपि पुष्पबृष्टि हुन थाल्यो । कसैले महान नेता भने, कसैले जननेता भने त कसैले लोकप्रिय,शान्तिप्रेमी,युगान्तकारी आदि आदि अनेक उपमा दिन थाले ।
यही सिलसिलामा स्वर्गीय नेताको इतिहास केलाउंदै बखान त गरे तर विगतका उनका कमी कमजोरी र खराव पक्षलाई भने कसैले कोट्याउनै चाहेनन् । यसरी नै सवैले आ—आप्mनो समय खर्चिरहे ।
आप्mनो लोकप्रिय नेताको निधन भएको १३ औं दिनमा ठाउँठाउँमा श्रद्धान्जली सभाको आयोजना गरियो भने शोकपुस्तिका राख्ने काम पनि भयो ।
आयोजक संस्थालाई शोकपुस्तिकामा के के लेखेको रहेछ भनेर हेर्न कौतुहल भएछ । अनि शोकपुस्तिकाका पानाहरु केलाउने क्रममा प्रशंसाका साथसाथै १ पेज लामो मन्तव्य पनि फेला पारे । केही असन्तुष्ट अनि पीडित जनताको तर्पmवाट भनी लेखिएको सो मन्तव्यमा ती नेताका कमीकमजोरी अनि गल्तीहरुलाई उजागर गरिएको थियो । ........अनि अन्तिममा उजागर गरिएका विचारहरु नेताको अवसान संगै अन्त्य भएको बताउँदै दिनै पर्ने श्रद्धान्जली अर्पण गरिएको थियो ।