संविधान लेख्ने कलम बन्न बाँकी नै छ
कति कति माग रैछ गन्न बाँकी नै छ ।।
सभासदको पद पाएँ भत्ता खान पाएँ
भन्दै बसे म्याद अझै टन्न बाँकी नै छ ।।
घुम्दा घुम्दै अबेर भयो जब पर्यो रात
एक पल्टलाई म्याद सर्यो भन्न बाँकी नै छ ।।
झुठा मात्रै कुरा गर्यौ जनताका सामू
आफैं खस्ने खाल्डो अझै खन्न बाँकी नै छ ।।
दमक, झापा