18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

च्यातिएको छाया

कथा मनोज बोगटी May 2, 2012, 6:21 pm

5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए।

उसले मलाई भनिन्‌- ‘यो मान्छे धनी छन्‌। यसकारण पॉंचौं स्वास्नीको हात कोखिलामा चेपेर तिनी निर्धक्कसित तिम्रो समाजमा घुमिरहेका... छन्‌। तिमीले धेरै कुरा थाहा नगरेर त्यसै चिप्लिरहेका छन्‌। सलभकुमार लामिछानेले घरैमा स्वास्नी हुँदा किन एउटी विधवालाई भित्रायो? थाहा छ तिमीलाई?’

‘मलाई उदाहरण चाहिएको होइन, म बुझ्छु’-उसले भनी।

‘त्यसो भए, तिमी आफ्नो इच्छालाई दबाइरहेकी छौ।’

‘मैले दबाएको होइन।’

‘समाजले दबाइदिएको ठान्छौ होला। तर समाजको हात हुँदैन।’

‘त्यसो होइन?’

‘के हो त समस्या?’

‘ मलाई पुरुष नै मनपर्दैन। मलाई तिमी जस्ती स्त्री मन पर्छ जुली!’

म 19 मा छु। त्यो केटोको झुस्स परेको दाह्री मलाई मनपर्छ। एकदिन त्यसले मलाई अङ्गालो मारेर भन्यो-‘तिमीसित म सेक्स गर्न सक्छु?’

उसको प्रस्ताव मलाई खुब मन पर्‍यो। प्रश्नले मानिसलाई सजिलो बनाउँछ भन्ने कुरा त्यही दिन थाहा पाएँ। उसले मलाई त्यसरी नसोध्न पनि सक्थ्यो। वास्तवमा प्रश्न सोध्नको निम्ति हो। लुकाउनको निम्ति होइन। मैले आजसम्म लुकाइरहेको प्रश्न नै उसले गरेको थियो। उसको अन्तरयामीपन मलाई अझ मन पर्‍यो।

उसको प्रश्न नै उसको सभ्यता थियो।

मलाई थाहा छ मदन सरले मलाई कुनै प्रश्न नगरेर जुन यातना दिएको थियो, कहिल्यै बिर्सने छैन। मलाई मदन सरप्रति घृणा लाग्छ।

‘सर, पृथ्वी कस्तो हुन्छ?’-मैले सोधेकी थिएँ।

‘सुन्तलाजस्तो’-भनेका थिए तिनले।

मेरो एउटा प्रश्नको उत्तर उनले दोस्रो पल्ट दिँदा तिनले मेरो छाती समातेका थिए। अनि भनेका थिए-‘यस्तो हुन्छ।’

त्यसपछि तिनले मेरो छाती छोडेनन्‌।

म रोएको थिएँ।

म जान्दछु, लुकाएर राखिएको प्रश्न बाघ हो। त्यसले खान्छ। मदन सरको लुकेको प्रश्नको जवाब मैले धेरैपल्ट खोजेकी हुँ। ज्ञान बड्‌दै गएपछि मलाई मदन सरको व्यवहार स्वाभाविक लाग्यो।

तर तिनले जबरजस्ती गरेर राम्रो गरेका थिएनन्‌। त्यसैमा घृणा लाग्छ। सर मान्छे यति अँध्यारो हुन्छन्‌ भने विद्यार्थी पनि हुन नपाएकाहरू कति अँध्यारा होलान्‌?

म त्यो केटोसित होटलको त्यो कोठामा थिएँ।

उसले मलाई भन्यो-‘म जुलीसित प्रेम गर्छु।’

‘अनि’- मैले भने।

‘उ पूर्व प्रेमीसित केरला गई।’

‘अनि’-फेरि मैले भनेँ।

‘फोन गरेकी थिई।’

‘अनि’-मैले भनिरहेँ।

‘कोसित छौ? भनेर सोधी’

‘अनि।’

‘तिमीसित छु भनेँ।’

‘अनि।’

‘मज्जा गर्दै गर, म आउँदैछु भनी।’

‘तिमी भाग्यमानी रहेछौ।’

‘तिमी पो भाग्यमानी?’

‘किन।’

‘तिम्रो बोयफ्रेन्ड छैन। मज्ज छ। तिमी स्वतन्त्र छौ। प्रेमले पनि मान्छेलाई बॉंध्छ कि के हो, यस्तै लाग्यो।’

अचानक मलाई उ, कुनै घृणित मान्छे लाग्यो। आफ्नो इच्छालाई नै स्वतन्त्रताको रुपमा व्याख्या गर्नु पर्छ र उसले? उ पूर्व प्रेमीसित उसको जुली कहीँ नजाओस्‌ भन्ने चहान्छ? उसो भए मरो स्वतन्त्रताको व्याखाय गर्दै उ किन खुसी बन्छ? मेरो बोय फ्रेन्ड नहुनु, यसलाई राम्रो?

‘जुली तिमीलाई धन्यवाद।’

‘किन?’

‘तिमीले ज्याकप झुमाको कुरा किन गरेकी हौ? भन्ने कुरा बुझें। तिमी जो कोहीलाई देखाएर ज्याकप झुमा बनाउन सक्छौ। र आफ्नो भन्नुपर्ने कुरा गर्न सक्छौ। जुन मान्छेलाई तिमीले देखाएर उ ज्याकप झुमा हौ भनिरहेकी थियौ, उ मेरो पिता थिए अनि तिनीसित साथमा रहेकी मेरो पिताको प्रेमिका थिइन्‌। आमाले मलाई भन्ने गर्छिन्‌-‘तिम्रो पितालाई तरुणो युवतीहरू मन पर्छ। तिम्रा उमेरका तरुणीहरूसित तिनी खुसी हुन्छन्‌। मलाई भने कोही विवाहित वैयष्क पुरुष नै मनपर्छ। तिम्रो पिता र म बिच यही भिन्नता छ। यसै कारण हाम्रोबिच सधैँ अमेल भइरह्यो।’ जुली मलाई पुरुषको छाती मनपर्छ। त्यहॉं टाउको राख्न मनपर्छ। तर मैले जतिबेला पनि त्यहॉं टाउको राखेँ, त्यतिबेला नै महसुस गरेकी छु। पुरुषले फ्यॉंकेको जाल हो, त्यो छाती। तिमीलाई थाहा छ? केटोहरू मलाई त्यो जालमा राखेर हेपिरहेका थिए। आजदेखि म मुक्त भएँ। म पुरुषलाई विस्तारै घृणा गर्न थालिरहेकी छु।’

जुलीले मलाई उसका लामालामा हातले अङ्गालो मारिन्‌। मैले उसको ओंठमा म्वाईँ खाइदिएँ। त्यो रात हामी लट्ठारिँदै हिँडिरहेका थियौं। मलाई जुलीको बाक्लो हब्सीको जस्तो ओंठ मनपर्छ। उ मेरो भॉंच्चिएको कम्मरमा हात राख्न मनपराउँछिन्‌। कोठामा म उसको ओंठलाई म्वाई खाइरहेकी हुन्छु, अनि उ मेरो भॉंच्चिएको कम्मरमा हात राखेर उभिएकी हुन्छिन्‌। कुन्नी कुन पुरानो नेपाली गायकको रिम्किस गीतको धूनमा हामीलाई यसरी नै बस्न मनपर्छ।

पॉंच वर्ष भइसकेको थियो, जुली र म एउटै कम्पनीमा काम गरिरहेका थियौं। एक दिन जुली ढिलो घर आइन्‌। एउटै कोठामा यत्रोवर्ष बस्दा कहिल्यै जुलीले अबेर गरेकी थिइनन्‌।

उ सरासर बाथरुम पसिन्‌।

उसको काखीबाट नमिठो गन्ध आइरहेको थियो। त्यो गन्ध म राम्ररी चिन्थेँ। त्यो सेक्सपछि गन्हाउने काखीको गन्ध थियो।

म रिस्ले रातो भइसकेकी थिएँ।

‘तिमी कोसित सुतेर आयौ?’-म जोरसित कराएँ।

जुलीसित लहसिएकी सुमित्रको झोल्लिएको पेट देखेर म हास्थेँ।

‘नहास न’- जुली भन्थिन्‌-‘यो हल्लिँदा मलाई रमाइलो लाग्छ, सॉंच्चै भन्नु हो भने यसको यही झोल्लिएको पेटले म यो प्रति आकर्षित छु। यो भैंसी ममाथि हल्लिन्छे। सोंच्दै रोमाञ्चित बनाउँदैन?’

निक्कै दिन भयो म सुत्न सकिरहेको थिइनँ।

सुमित्र तीनदिनदेखि यहीँ थिइन्‌। उ र जुलीले रमाइलो गरिरहेको म हेरिरहेकी थिएँ। जुलीमाथि थिइन्‌ सुमित्र। कृतिम लिङ लगाएर हल्लिरहेकी थिइन्‌। मैले पानी पिउन भनी राखेको जग उचालेँ र कस्सेर हानेँ।

उ मलाई भनिरहेकी थिइन्‌, ‘बुझ्नु भो? मबाट मेरो जुलीलाई उ मेरो आँखैको सामुन्ने खोसिरहेकी थिइन्‌। यो जुली, जसलाई मैले उसको पॉंचजना बोयफ्रेन्डबाट चुँडाएर बनाएकी हुँ। उसलाई नोकरी पनि मेरै अफिसमा दिलाएकी हुँ। मैले नै यो भव्य कोठा भाड़ामा लिएकी हुँ। म जे हुँ, उसको स्वास्नी वा लोग्ने हुँ। तर जुली मलाई धोका दिइरहेकी थिइन्‌। म उसलाई कहिल्यै नाई नभन्ने मान्छे हुँ। उ जान्दथिइन्‌। उसले मलाई त्यो भद्दा सुमित्रसित सेक्स गर्ने कुरा सोंच्दै म रिस्ले कॉंप्छु। जुलीले मलाई त्यस्तो प्रस्ताव राखिन्‌, जो म चहान्न थिएँ। दुइचारदिनदेखि वाक्क हुनेछ, मलाई लाग्थ्यो। तर उनीहरू दिनोदिन अझ तीब्र बनिरहेकी थिइन्‌। इन्सपेक्टर, म जुलीसित प्रेम गर्छु। त्यो सुमित्रसित घृणा। तर मैले सुमित्रको हत्या नै गर्छु भनेर सोंचेकी थिइनँ।’

मलाई उसको वयानमा कुनै नयॉंपन लागेन। पॉंचवर्षदेखि यही घटना बढिरहेको छ। मैले कन्सटेबललाई भनेँ- ‘यसलाई भित्र हाल।’

मैले यस्तो घटनाको छानबिन गरेको संख्या गनेर साध्य छैन।

एउटा विरक्तीले मलाई एक्कासी गॉंज्यो। म युनिफर्म लगाएर नै घर गएँ।

रातको बाह्र बजी, मेरी 16 अनि 19 वर्षीय छोरी तागी र तासीको कोठा उज्यालो थियो।

मैले उनीहरूको कोठामा चिहाएँ।

जुलीमाथि उफ्रिरहेकी सुमित्रको छाया झ्यार्र च्यातिएर स्वाट्ट मेरो आँखामा पस्यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।