17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिला जी. सी. May 2, 2012, 6:08 pm

माया लागेसी लागीहाल्यो नि मर्छ र काले

माया नभइ कसले कसलाइ हर्छ र काले ?

तिमीे नै मेरो जिन्दगीको एक हिस्सा हौ

माया गर्छु सधैँ भन्न पर्छ र काले ?

तिमी नै मेरो इश्वर मेरो देउता हो

माया पे्रम नी बसाइ सर्छ र काले ?

साँचो माया अमर हुन्छ थाहा छैन र

विश्वास गर अन्त कसले गर्छ र काले ?

कस्तो छौ तिमी त नाटक मात्र भन्छोै

पीडा नभइ आँसु कहाँ झर्छ र काले ?

नारायणस्थान–४, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।