18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुनिल सङ्गम April 19, 2012, 1:04 am

बाँच्नु मात्र पर्छ यहाँ कस्ता-कस्ता मान्छे भेटिन्छन्

आलु प्याज भन्दा पनि सस्ता-सस्ता मान्छे भेटिन्छन्

न त आफै गरि खाने न कसैको कुरो नै सुन्ने

अप्ठेरोमा फलेका ती फर्सी जस्ता मान्छे भेटिन्छन्

जालीझेली फटाहाको मात्र रहेछ कि दुनिया

नत्र किन जतासुकै यस्ता-यस्ता मान्छे भेटिन्छन्

छेपारोको रङ्गसरि घरीघरी बद्ली रहने

सिधा साधा भन्दा धेरै त्यस्ता-त्यस्ता मान्छे भेटिन्छन्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।