18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशिष सुबेदी March 19, 2012, 2:58 am

अश्रुधारा खोलीबन्दा ह्रदयलाई डाक्नु भुल थियो

उसलाई तानि जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो ।

हुन्न भन्थेँ साँचो कहिलै ढुङ्गासँग पुकारेर

अटेरगरी उसैसँग सम्बन्ध त्यो भाक्नु भुल थियो ।

बरु बिष प्यारो हुन्थ्यो असंभव झन बाँच्न एक्लै

बाठो बन्दै काली भन्दै अंगाल्नलाई ताक्नु भुल थियो ।

मदहोसमै लडेँभने उठाउदिने थाहै थियो

आफूसिद्दाई ब्यर्थ जित्न उसंग नथाक्नु भुल थियो ।

अरु सबै नसोचेर याद बोकी थला पर्दा

उसकै यादमा मन झन ब्यर्थसित पाक्नु भुल थियो ।

नारायणस्थान, बलेवा, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।