ती कोमल अङ्गमा सुगन्ध बनूँ म
अँगालो बन्धनमा अनुबन्ध बनूँ म ।
गीत र गजलको सरगम बनूँ कि
कविताका शृङ्गार छन्द बनूँ म ।
सुकुमारी मनकी मनमोहनीलाई
मदहोस नयनमा बन्द गरूँ म ।
प्राण प्यारो भन्दै आँखा तर्नेको
अन्तरङ्ग बिथोल्ने द्वन्द्व बनूँ म ।
होसमा म छैन तिमी बेहोस छ्यौ
यो प्रेम–मदिरा केही मन्द गरूँ म ।