जित्ने खुशी मनाइरहेछ हार मौन छ
देशमा जे घटना घटोस सरकार मौन छ ।
उठ्ने माथी उठीराछन् विना अवरोध सफलतामा
विचरा ! पैतालाले कुल्चिएको झार मौन छ ।
झुटको खेती उफ ! झुटमै संसार चलेपछि
साँचो बक्दै हिँड्ने हाम्रो सञ्चार मौन छ ।
विना अर्थ मान्छे–मान्छेमा काटमार हुँदा
चिच्याइरहेछ मान्छे, खुकुरीको धार मौन छ ।
म रोउँ या तिमी छाती पिटेर बेस्सरी रोऊ
कसलाई कसको मतलब छ र संसार मौन छ ।
नारायणस्थान, बलेवा, बागलुङ