18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विद्याप्रसाद घिमिरे February 22, 2012, 4:19 am

बुझेर पो के गर्छौ र जिन्दगीको परिभाषा

देखेर पो के गर्छौ र जिन्दगीको यो तमासा ।

लुटिइसके हाँसो–खुसी सपनाहरू हराइगए

दोहो¥याएर के गर्छौ र जिन्दगीको उही भाषा ।

दुःखी हुनु छैन मलाई मेरो संसार दुःखमा छ

जोगाएर के गर्छौ र जिन्दगीको अभिलाषा ।

संसार बैरी भएपछि कसले सुन्छ व्यथाहरू ?

दिलाएर के गर्छौ र खोक्रो जिन्दगीको आशा ।

मर्ने कला काम आउँछ, जिन्दगीले बिर्सेपछि

बचाएर के गर्छौ र जिन्दगीको यो निराशा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।