17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिला जी. सी. January 29, 2012, 5:01 pm

माथि–माथि उम्लनेलाई डढ्ने आसन थाहा हुन्न

सबैसँग बस्नेलाई एक्लोपन थाहा हुन्न ।

तिम्ले भन्छौ लडेर सब सामना गर

स्वतन्त्र हुनेलाई कर्रो शासन थाहा हुन्न ।

नभन त्यसरी भुलिदेउ त्यो अतितलाई

भुल्नै नपर्नेलाई सम्झने मन थाहा हुन्न ।

बाहिर हाँस्दैमा नसोच पीडा छैन भनी

अनुहार हेरी जलि बाँच्ने जीवन थाहा हुन्न ।

तिम्ले सुनेकै छैनौ कस्तो श्राप दिन्छन् मान्छेहरू

भोग्नै नपर्नेलाई तीखो बचन थाहा हुन्न ।

नारायणस्थान, बलेवा, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।