18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उज्ज्वल जी.सी. January 11, 2012, 4:06 pm

नदेख्नु’थ्यो देख्यौ‘ हामीले तपाईंका ती चालाहरू

भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू ।

गर्दै नगरी देश र गरिबका लागि कुनै काम

जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।

सोझासाझा युवाहरू बन्दैछन् आज वेरोजगार

खोल्नु भा’छ आफ्नैलाई अवसरका ती तालाहरू ।

भो, पर्दैन अब आश्वासनका शिखरमा चढाउन

अविश्वासले भरि‘ंदैछन् हाम्रा डोका र डालाहरू ।

हो,उठेकोथ्यो नेपाल बोक्दै चन्द्र–सूर्य झण्डा हिजो

किन झुकाउन खोज्दैछन् आज गोरा र कालाहरू ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।