18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ December 27, 2011, 5:32 am

न गाउँ नै भो हेर न सहर भो जिन्दगी

खण्डहर बीचको रहर भो जिन्दगी

न पिउनै सक्छु म न जिउनै सक्छु म

न तल न माथि जहर भो जिन्दगी

न उँभो नै चढियो न उँधो नै झरियो

भिरको चिचिन्डो कहर भो जिन्दगी

न सुक्नै सकियो न भिजाउनै सकियो

धाँजो खेतमुनिको नहर भो जिन्दगी

न तर्न नै पाईयो न मर्न नै पाईयो

किनार छोई भाग्ने लहर भो जिन्दगी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।