18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत चर्चित ढुंगेल December 6, 2011, 6:32 pm

आत्महत्या गर्नेहरु एकपल्ट सोचिहेर

संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

दु:खी पनि हाँसेकाछन् तिमी किन रुने गर्छौ?

संघर्षमा बांचेकाछन् किन आफैंलाई मार्छौ?

जन्मेपछि मरिन्छ नै किन गर्नु आत्महत्या?

फेरी जीवन पाइंदैन यही नै हो अन्तिम सत्य

मेरा कुरा झुठा लागे दुनियाँलाई सोधिहेर

संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

मानिसको जिन्दगीमा तनाब हुन्छ पीडा हुन्छ

ढु:ख बांढ आधा हुन्छ मरेपछी कस्ले सुन्छ?

किन तिमी हुन्छौ निरास किन राख्छौ सोचाइ सानो?

सबैसँग बोल हाँस मरेर छ के पो लानु?

मेरा कुरा राम्रा लागे यीनमै जीवन खोजिहेर

संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।