18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निशान निष्कर्ष November 24, 2011, 4:27 pm

मान्छे किन यति हतारमा छ

र पनि उधारो बजारमा छ ।१।

म के के गरुँला भन्थेँ सँधै

बुझँे आफ्नै यात्रा अन्धकारमा छ ।२।

तिमी शान्तिको के विगुल फुक्छौ

हेर तिम्रो जिन्दगी तरवारमा छ ।३।

देश दुखेर हिमाल रुँदै गर्दा

सबैको भबिष्य मझधारमा छ ।४।

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।