18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिश्वकाजी राई November 24, 2011, 4:22 pm

बसी रहूँ लाग्यो समिपमा तिम्रो

हेरी रहूँ लाग्यो अधरमा तिम्रो

तिम्रो साथमा सधै न्यानोपन छ

झिलिमिली पार्ने उज्यालोपन छ

बेरी रहूँ लाग्यो अंगालोमा तिम्रो

हेरी रहूँ लाग्यो अधरमा तिम्रो

तिम्रो आँखा भित्र आफै देखेको छु

तिम्रो मुटु भित्र माया भेटेको छु

डूबी रहूँ लाग्यो नैनतालमा तिम्रो

हेरी रहूं लाग्यो अधरमा तिम्रो

लफ्याङ्ग -२,खोटाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।