राखेको थिएँ जीवनकै मिठो परिकार उनले चाखेर गईन्
अघाउञ्जेल खान आउछु भाका उनले राखेर गईन्
कम छैन परिकार मसँग अरुसँग यस्तो दम छैन
एकफेर चाख्नुस् पल्किनुन्छ धेरै गफ हाँकेर गईन्
भेटेँ एक दिन बजारमा इशारा दिएँ लुकी हजारमा
चाँजोपाँजो मिलाएर मेरै कोठा ताकेर गईन्
भए जति दिएँ तृप्तीको नशा म पनि पिएँ
अब त भो पुग्यो भनिन् आज उनी अघाएर गईन्
खाना बनाउन तिमीसँग नसकिने रहेछ साथी
अनुकूलतामा फेरि आउछु कसम खाइ भाकेर गईन्
उनी म कँहा कि उनी कँहा म हाम्रो ठूलो विवाद चल्यो
अन्तमा म कँहा आउनै पर्छ निम्ता दिइ डाकेर गइन्
चौरासी भन्छन् हामी त पचासी व्यञ्जन खाइयो
जुठा भाँडा माझीवरी भालेको डाँकमै जागेर गइन्
तनहूँ