18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अर्जुन दाहाल “अपवाद” October 13, 2011, 5:51 am

सधै व्यस्त, देखिने काम छैन

मेरा लागि, लेखिने नाम छैन ।

यता उता, हल्लँदै दीन वित्छ

कता जाँउ, म जाने ठाम छैन ।

अपराध, भयोे कि बेहोसीमै

पुण्यलाई, अलाप्ने राम छैन ।

अंध्यारोमै, हुर्कीएँ वढे म

यहाँ कुनै, उषा छर्ने घाम छैन ।

अभावमै, वित्छ की जीवन पनि

एक पेट, भरिने दाम छैन ।

जस्तो देख्यौ, त्यही नै रुप मेरो

सत्य कुरा, छोपिने खाम छैन ।

मिर्गे–५, चिलाउनेखर्क, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।