तिम्रो सट्टा बाटुलीलाई, छान्नु नपरोस् !
जान नमानेमा तिम्लाई, बान्नु नपरोस् !!
धोका दिई अर्कैसँग, भाग्न खोज्नेलाई !
हात समाई दोबाटोमै, तान्नु नपरोस् !!
वारि पारि सबैतिर, हल्ला भइसक्यो !
समाजले तिम्लाई दोषी, ठान्नु नपरोस् !!
प्रमाणसहित न्याय माग्न, जान्छु अदालत !
न्यायाधीशको आदेश तिम्ले, मान्नु नपरोस् !!
को आउँछ छुटाउन, हेर्छु म पनि !
ढुंगा उठाई उनीहरुलाई, हान्नु नपरोस् !!