कसरी रंगिन्छ र खै
आँशुका रंगहरुले
जीवनका भित्ताहरु,
वशन्त आउनुअघि नै
झरेर गए पातहरु
खिग्रिन्ङ
एक्लो रुख
पर्खिरहेछ अन्त्य ।
ढुङगाजस्ता मनहरु
तुफानी पाराले आउँछन्
र
कुल्चिएर जान्छन्
कोमल ह्रदय ।
छरप्रष्ट छन् सपनाहरु
भुकम्पले भत्काएको छ
आधारहरु र चर्किएका छन्
वास्तविकताहरु ।
हिजो नियाल्दा नियाल्दै
हरदिन हिजो भै गए,यतीखेर ।।