बिहानको सुनको घाम उपहार भो तिमीलाई
अँध्यारो यो औंसीको रात राखुँला म आफैलाई ।
हिउँभई जम्न देऊ बग्ने अब बाटै छैन
पत्थर भई बस्न देऊ देवता हुने आँटै छैन
मिठो फूल मिठो मौसम छुने छैन अबदेखि
तिखो काँडा रुखो पीडा आफ्नै भए आजदेखि
बिहानको सुनको घाम उपहार भो तिमीलाई ।
मेरा पनि रहर थिए तिम्रै जस्तै कति कति
मेरा पनि खुशी थिए झन्डै झन्डै तिम्रै जति
मेरा रहर मेरा खुशी तिम्रै भए अबदेखि
झुटो साथ तितो बात मेरै भए आजदेखि
बिहानको सुनको घाम उपहार भो तिमीलाई ।
प्यारो लाग्छ कठ्यांग्रिने चिसा चिसा रातहरु
आफ्नै लाग्छ भत्भाताउने ताता ताता दिनहरु
ढुंगा भएँ म त अब माटो मेरा बासहरु
फुलुन तिम्रा रहरहरु झुलुन तिम्रा आशाहरु
बिहानको सुनको घाम उपहार भो तिमीलाई ।
लन्डन