18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीपक के सी "पीडित" September 18, 2011, 4:23 pm

झरी जति परे पनि, सूर्य कहाँ गल्या छ र!

शीत भार थामि दिने, बृक्ष कहाँ ढल्या छ र!

सँगै चल्न नजानेर, दोष दिन्छौ समयलाई!

सुई हेर घडीको त्यो, उल्टो कहाँ चल्या छ र!

तारा झार्ने मोती टिप्ने, कुरा गर्छौ सपनाको,

सागरमा लुक्ने मोती, रुखमा कहाँ फल्या छ र!

कस्ले सक्छ फेर्न यहाँ, प्रकृतीका नीति नियम,

जति झोस पानी भित्र, आगो कहाँ बल्या छ र!

जस्ले राम्रो कर्म गर्छ, चिरन्जिबी हुन्छ उही,

मरे पनि लाश सँगै, नाम कहाँ जल्या छ र!

बक्लौरी-४ सुनसरी, हाल: कतार शेल,कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।