18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" September 11, 2011, 4:58 pm

बिहानी मै रात थप्यौ म रुनुको अर्थ छैन्

घात माथी घात थप्यौ म रुनुको अर्थ छैन्

तिम्रै लागि शिसिर झैं उजाड म भा'को थिएँ

आफू मात्रै पात थप्यौ म रुनुको अर्थ छैन्

बेकाबु भै हिड्यौ तिमी उन्माद त्यो कस्तो होला

दुनियाँमा मात थप्यौ म रुनुको अर्थ छैन्

चोटै चोट दियौ सँधैं बेहोस् छु सडकमा

अझै त्यहि लात थप्यौ म रुनुको अर्थ छैन्

दैव दशा पनि मेरै पेवा हो की जस्तो थियो

झनै साँढे सात थप्यौ म रुनुको अर्थ छैन्

गुप्तेश्वर-३, रामेछाप, हाल: अबुधबी युएई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।