आफ्नै देव पुकारेर बाचा—कसम खाएको छु
सत्ये भन्छु तिमीसँग साँचो प्रित लाएको छु ।
जहिलेदेखि यी आँखाका वरिपरि छाउन थाल्यौ
सपना र विपनामा तिमीमात्र आउन थाल्यौ
त्यही रूपमा होस गुमाई सधैँ बर्बराएको छु
सत्ये भन्छु तिमीसँग साँचो प्रित लाएको छु ।
मोहनी त्यो बोली सुन्दा दुःख सबै हराउँछ
यौवनको नसाले झन् मदहोस गराउँछ
रात–दिन तिम्रै नाम गीत बनाई गाएको छु
सत्ये भन्छु तिमीसँग साँचो प्रित लाएको छु ।