18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रदीप चापागाईं September 8, 2011, 10:28 pm

सर्वत्र हाम्रै बखान छ काली,

रुनु र हाँस्नु समान छ काली । ।

जाउँ हिँड आफ्नै संसार रच्न,

पूर्वमा सुन्दर धरान छ काली । ।

कि खुट्टा तान्ने कि ढुंगा हान्ने,

मान्छेको यहाँ बथान छ काली । ।

बनाउँ अमर मायाको गाथा,

यो हाम्रो नाता महान छ काली । ।

बेलैमा सोच अँधेरी नहोस्,

अझै नि 'प्रदिप' जवान छ काली । ।

हाल: सिड्नी,अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।