एक एक जोड्यो भने एकै हुन्छ
यो गणित जो पढ्छ त्यही रुन्छ ।
आँखा छोपी बाँच्दा लाग्छ रमाईलो
खोलेपछि आँशु बग्छ आँखा धुन्छ ।
हावा चलि सुसाएनि पातहरु
उसैले नै बोलायो कि जस्तो सुन्छ ।
भोक तीर्खा सपनीमा छैन निद्रा
जति प्युँछ पानी उति प्यासी हुन्छ ।
नजिकिए रुन्छ टाढा गए रुन्छ
यस्तो मान्छे धेरै धेरै कोमल हुन्छ ।
फूल फूल जताततै रंगीचंगी
टिपें भन्छ अंगालोमा काँढा चुन्छ ।
मणिग्राम, रुपन्देही