दिन दिनै तिम्रो बैंस हेर्दा हेर्दै ह्रास भयो
लाग्छ मलाई प्रकृतिको सम्पत्ति नै नाश भयो
बालापनमा व्यर्थै मलाई झुटो माया बाँडी दियौ
आज सम्म बाँच्नु पर्ने जिन्दगीलाई आश भयो
फूलसरी जोवन बोकी हिंड्नु पर्दा राख्नु ख्याल
त्यो फूल गोड्ने ज्यामी देख्दा फेर्न गाह्रो सास भयो
यसैगरी दिन बिताउ (!) टुङ्गो छैन जीवनको
भोली पर्सी भन्दा भन्दै यो जिन्दगी त्रास भयो
पर्खिनुको सीमा हुन्छ ढाट्नु पनि सीमा भित्र
यथार्थमा भनौ आज यो मन जिउँदो लाश भयो
बिराटनगर ४