खोज्दै आत्मा सम्मान गाउँ फर्कदैछु ।
यो मेरो अभियान गाउँ फर्कदैछु ।
भन्नुहुन्थ्यो बाआमा शहर नजा बाबु
पुज्न तिनै भगवान् गाउँ फर्कदैछु ।
कति बस्नु अब रुदै शहरमा
भेटिन्छ कि मुस्कान गाउँ फर्कदैछु ।
सालघारी डुल्दा गाउँथी कोइली चरी
उतै छ चिनजान गाउँ फर्कदैछु ।
गाउँका सबैजना जाँदै छन् रे मुग्लान
म लक्का जवान गाउँ फर्कदैछु ।
तिमीले सुनेको खबर साँचो हो
अचुक छ यो निशान गाउँ फर्कदैछु ।