18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदर्शन सापकोटा August 4, 2011, 3:56 pm

घाउ लगाइ मुटु चोरेर लग्यौं

पिरतिको महल फोरेर लग्यौं

यथार्थ उडाउने बतास कस्तो

शेष सपना नी सोरेर लग्यौं

अलिकति बचेका झझल्कोहरु

हृदय जम्मै कोरेर लग्यौं

आँखाको नानीमा भूलवश अल्झेका

प्रेमका तस्विर मोरेर लग्यौं

खुशीलाई अँगालो हाल्दै प्रिय

क्षतिपुर्ति पीडा बेहोरेर लग्यौं

हाल: काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।