18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ August 4, 2011, 3:39 pm

मन परेको मान्छेको त गाली पनि मीठो हुने

नपरेको मान्छे को चैं ताली पनि तीतो हुने ।

किन हुन्छ यस्तो? किन मान्छेको मन आफै बैरी?

उही मान्छे तरुल उही एकै छिनमा गीठो हुने ।

हेर्न मात्र बनेका हुन अगाडिका ढोकाहरु ?

पछाडिको ढोकाबाट छिरे छिटो छिटो हुने ।

रमेका छन् मान्छेहरु नयाँ नयाँ प्रविधिमा

मलाई मात्रै हो कि क्यारे आत्मश्लाघा रिठो हुने ।

कति थेग्न सकिन्छ खै नदीको यो उल्टो गति

कर्म गरे खरानी र कुकर्मले पीठो हुने ।

सिमीकोट, हुम्ला

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।