17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भीम राउत July 31, 2011, 11:03 pm

टिस्टा नदी खोला हुँदै झोडा हुने हो कि !

सय फिटको गहिराईले गोडा छुने हो कि !

माथिबाट हजारौ वाहन सँधै गुड्‌ने गर्छन्‌

पछि बा त तलैबाट घोडा गुड्‌ने हो कि !

वर्षैपिछे भुमण्डल यो राप्पिएर जॉंदा

बालुवा पनि पिल्सिएर सोडा हुने हो कि !

मौसम परिवर्तन हुँदा के के बिग्रयो भन्छन्‌

कतै पानी जमीएर रोडा हुने हो कि !

हजारौ वर्षसम्म टिस्टा बगिरन्छ भन्छन्‌

वारी-पारी किनार मात्रै दो’डा हुने हो कि !

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।