18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल होमशंकर बास्तोला July 27, 2011, 2:59 pm

तिमीसँग मैले धेरै रात पिएको छु

रातधरि अनिदोको मात पिएको छु

वास्ना आउने पानीको माद चढेपछि

निष्ठुरीको दुर्वाच्य र हात पिएको छु

रहरका बाँध भत्की आँसु पोखिएर

पीडैपीडा अभावका खात पिएको छु

बैगुनीको भलो गर्न खोजे पनि यहाँ

जिन्दगी नै चुक्ने गरी लात पिएको छु

खुसी हुनु पर्ने दिन रोदनमा डुब्दा

मुटुभित्रै दुखेर पो घात पिएको छु

दुबेकोल–७, खोटाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।