18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल ज्ञवाली “जिज्ञासु” July 27, 2011, 2:58 pm

पाँए मैले पिरतीमा, घात फरक–फरक

हुँदा खेरी निष्ठुरीको, हात फरक–फरक

सम्झिए'थें उनीलाई बिकल्प कोही छैन

पाउनुपर्यो नसोचेको, लात फरक–फरक

सुनेको'थें सच्चा प्रेम, टुक्रिदैन कहिले पनि

हुँदोरैछ मायामा नी, जात फरक–फरक

कल्पनामै रमाउथें, आफ्नो मान्छे सम्झिएर

लाग्यो आज ग्रह साढे, सात फरक–फरक

उर्लिएसी गर्नु केनै, यौवनले उनी आज

बिताउंदै हिड्छिन् अरे, रात फरक–फरक

बिछोडको पिडा यहाँ, पोखौं मैले कसोगरी

गुलाब मै हुदाँ रैछन् पात फरक–फरक

बुटवल—१४, नयाँ गाउँ, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।