फाटेछ जीवन सिउँदैछु साथी
भन्दिनु उसलाई जिउँदैछु साथी
सौगात तिम्रो जुनिभरिको
आँशुको धारा पिउँदैछु साथी ।
खोजेर हिँडे हत्केला भरी
भावीले भाग्य निधारमा केर्यो
छाएन कहिल्यै हरियाली तर
जीवनले आज काँचुली फेर्यो ।
बिक्षिप्त छाती सिउँदैछु साथी
आँशुका धारा पिउँदै छु साथी ।
रित्तियो हाँगा झरेसी थुँगा
ओइलिएर बाँच्न गार्हो भो कठै
मन्दिरमा हेर पुजिन्छ त्यही
सबैले पुज्ने अबुझ ढुङ्गा ।
पल पल मर्दै जिउँदै छु साथी
नुनिलो आसुँ पिउँदैछु साथी ।
कसैको यादमा जिउँदै छु साथी
आँशुको धारा पिउँदै छु साथी
सोधीछ भने भन्दिनु उसलाई
फाटेको जीवन सिउँदैछु साथी ।
संखुवासभा ११