के भो आज फेरी संसाँझै ढल्नुभो नि हजुर
पुलिसको अघि चोर झैं गल्नुभो नि हजुर !
ईमान्दारिता र नैतिकताको त्यो धरोहरले नै
बिष्णुले जालन्धरलाई झैं छल्नुभो नि हजुर !
लाचार छु म त यसै, खै त, छेक्नै के सक्छु र
आफ्नै अनुहारभरि आफै कालो दल्नुभो नि हजुर !
ए हजुर ! 'बुद्दिले अरु खा रिसले आफु खा' भन्छन
के भो आज फेरी अंगारै हुनेगरि जल्नुभो नि हजुर !
लन्डन