18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल ज्ञवाली “जिज्ञासु” July 12, 2011, 3:38 pm

एक्लै बाँच्दा पिडा हुन्छ, साथ प्यारो लाग्छ

दिनभन्दा जुनेली त्यो,रात प्यारो लाग्छ

प्यारो लाग्थ्यो मायाप्रेम, तर कल्पनामै

नपाएसी गर्नु के नै, घात प्यारो लाग्छ

बोलाउंछन् आँखाहरु, जहाँ देखेपनि

नसुनेझैं गर्ने तिम्रो, मात प्यारो लाग्छ

सम्झनामा हराउँदा बर्षिन्छन् आँशुहरु

साथदिदैं रोए जस्तो, बर्षात् प्यारो लाग्छ

टाढाहुँदा सम्बन्ध यो अझ गाढा हुने

मोबाइलमै गर्ने मिठा, बात प्यारो लाग्छ

बुटवल १४, नयाँ गाउँ, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।