शक्तियुक्त भावहरु साटेका छौ फेसबुकमा
लाग्दै छ प्रेम लय वाटेका छौ फेसबुकमा
साथै हुदा नखरामा प्रेमलाप गरेजस्तै
बाहानामा अनेकता ढाटेका छौ फेसबुकमा
हाँसो खुशी सुख दुःख आफ्नो आफ्नो बनाउदै
वियोगका कति दिन काटेका छौ फेसवुकमा
स्टाटसमा पोखिएका शब्दलय कति मिठा
नोटभित्र प्यार शक्ति छाटेका छौ फेसवुकमा
उता दुख्दा यता दुख्छ यता दुख्ता उता उनी
पीडासँग कयौपल्ट फाटेका छौ फेसवुकमा
उनी उता म यता अञ्जानको सम्वन्ध यो
अञ्जानमै सामिप्यता आँटेका छौ फेसवुकमा
पाँचथर