18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भानु सुनुवार July 4, 2011, 12:33 am

मैले जस्तै तिम्ले पनि मायाँ गर भन्दिन म,

मेरै खातिर लेकछाडि बेशी झर भन्दिन म ।

सकेसम्म बाँचिदिन्छु हिजोमाथि पर्दा हाली,

मनै भरि स्वार्थ पाली खुशी छर भन्दिन म ।

बाचाहरु कता भागे सोधी खोजि गर्ने छैन,

दोबाटोमा छाडि गयौ दण्ड भर भन्दिन म ।

नियतीले छले पछि दुख्दै बस्नु जिन्दगी हो,

छातीभित्र दुखे दुखोस् पीडा हर भन्दिन म ।।

रामेछाप, रामपुर–८, हाल: दोहा, कतार ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।