के साह्रो मात्तिएकी बैंशले पात्तिएकी तिमी
लुटाउन आफैलाई किन यस्तो आत्तिएकी तिमी ?
बेचैन औंला नेपथ्यमा ओंठको कँपकँपी
आरन हौ कि ज्वालामुखी हेर हेर तात्तिएकी तिमी ।
खातिएको हिंऊ थियौ ठोस हेर तरल भयौ
वासनाको चर्खा भित्र धागो जस्तो कात्तिएकी तिमी ।
आँखा भित्र मधुशाला उदाँछन् ढोकाहरु
सिर्जनाका मातहरु पत्रपत्र खात्तिएकी तिमी ।
मणिग्राम, रुपन्देही